महोत्तरीमा पोखरीमा डुबेर दुई बालकको मृत्यु

nepaltathya_news nepaltathya_news
|
मंगलबार, बैशाख १६, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   १६ वैशाख, महोत्तरी ।
  • महोत्तरीमा पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।
  • मनरा शिसवा नगरपालिका-१, मनरा ब्रह्मस्थानमा रहेको पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको हो ।

 

१६ वैशाख, महोत्तरी ।

महोत्तरीमा पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । मनरा शिसवा नगरपालिका-१, मनरा ब्रह्मस्थानमा रहेको पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको हो ।

पोखरीमा डुबेर मनरा शिसवा नगरपालिका-१ का विकेश सिंहका छोरा १० वर्षीय शुभम कुमार सिंह र सप्तरी डाक्नेश्वरी नगरपालिका-९, पथरघाटा लक्ष्मीपट्टीका रूपेश सिंहका छोरा ९ वर्षीय आयुष कुमार सिंहको मृत्यु भएको हो । डुबेर अशक्त भएका दुवै बालकको गएराति उपचारका क्रममा नगर अस्पताल मनरामा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?