सरकार र शिक्षक बिचकाे वार्ता बिना निष्कर्ष टुंगियो, आन्दोलन जारी रहने

nepaltathya_news nepaltathya_news
|
शनिबार, बैशाख १३, २०८२
|
|
७ पटक हेरिएको
Shares

सारांश

  •   काठमाडौं – सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता बिनानिष्कर्ष सकिएको छ ।
  • शनिबार बिहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्ता फेरि छलफल गर्ने निर्णयसहित सकिएको नेपाल राष्ट्रिय शिक्षक महासंघका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले जानकारी दिए ।
  •   उनका अनुसार अर्को छलफलको समय भने तोकिएको छैन ।

 

काठमाडौं –

सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता बिनानिष्कर्ष सकिएको छ । शनिबार बिहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्ता फेरि छलफल गर्ने निर्णयसहित सकिएको नेपाल राष्ट्रिय शिक्षक महासंघका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले जानकारी दिए ।  उनका अनुसार अर्को छलफलको समय भने तोकिएको छैन ।

‘आन्दोलनका क्रममा हामीले उठाएका मागका विषयमा शिक्षा मन्त्रीजीसँग छलफल भयो । फेरि फेरि बसेर संवाद गर्ने निर्णय भएको छ,’ उनले भने, ‘छलफल र संवादलाई निरन्तरता दिने निर्णय भएको छ । कहिले बस्ने भन्ने टुंगो भएको छैन ।’ शुक्रबार दिउँसो तीन तीन बजे बस्ने भनिएको वार्ता भाँडिएपछि आज बसेको थियो । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्ताबाटै समाधान खोज्न शिक्षकहरूलाई वार्तामा बोलाएका थिए । यसअघि बिहीबार सर्वोच्च अदालतले विद्यार्थीको पठनपाठन सञ्चालन गर्ने गरी तीनभित्र शिक्षकका माग सम्बोधन गर्न आदेश दिएको थियो । अध्यक्ष सुवेदीले अग्रगामी विध्यालय शिक्षा ऐन जारी गराउनु नै आन्दोलनको अडान भएको र त्यो नहुञ्जेल आन्दोलन निरन्तर रहने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घरमा काम गर्न राखेकी १७ वर्षीया बालिकालाई तीन वर्षदेखि ‘जबरजस्ती करणी गर्ने’ एकजना पक्राउ
भूमिसम्बन्धी अध्यादेश रोक्न सरकार सहमत
पर्वतमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते, एकजना गम्भीर
ज्येष्ठ सदस्य केसीले आज शपथ लिँदै
सर्लाहीमा २१२ ग्राम हिरोइनसहित युवक पक्राउ
बुद्धको सन्देश विश्वका लागि अझ सान्दर्भिक छ : पूर्वप्रधानमन्त्री भट्टराई
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शर्मालाई धम्की दिने मादेन पक्राउ
आजको मौसम : देशभरको मौसम मुख्यतया सफा
कालिकोटबाट काँग्रेसले गर्यो १२ जनाको नाम सिफारिस
मेयर पदबाट राजीनामा दिँदै बालेन, आजै रास्वपा बैठकमा सहभागी हुने