अभ्यासका लागि महिला क्रिकेट टोली भारतमा जाँदै

nepaltathya_news nepaltathya_news
|
शनिबार, बैशाख १३, २०८२
|
|
८ पटक हेरिएको
Shares

सारांश

  •   १३ वैशाख, काठमाडौं ।
  • नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२० विश्वकप छनोटअघिको अन्तिम तयारीका लागि भारत जाने भएको छ ।
  • अप्रिल महिनाका लागि तय भएको भुटान टुर नहुने भएपछि नेपाली टोलीले भारतमा गएर अभ्यास भने गर्ने भएको छ ।

 

१३ वैशाख, काठमाडौं ।

नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२० विश्वकप छनोटअघिको अन्तिम तयारीका लागि भारत जाने भएको छ । अप्रिल महिनाका लागि तय भएको भुटान टुर नहुने भएपछि नेपाली टोलीले भारतमा गएर अभ्यास भने गर्ने भएको छ । सम्भवत: नेपाली टोली आजै भारत जाँदै छ ।

भारतको दिल्लीमा हुने अभ्यास खेलको तालिका तथा अन्य जानकारी क्यानले आधिकारिक रूपमा आजै सार्वजनिक गर्ने जनाएको छ ।नेपाल क्रिकेट संघ क्यानको वार्षिक क्यालेण्डरमा समावेश भए बमोजिम अप्रिलमा नेपाल टुर अफ भुटान उल्लेख थियो जसका लागि क्यानले भुटानको बोर्डसँग कुराकानी समेत गरिरहेको जनाएको थियो । तर भुटानमा हुने शृंखलामा थप अन्य स्तरीय टिम सहभागी नभएकाले टुर नहुने भएको हो ।

आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको तयारीमा रहेको महिला टोलीले यसअघि घरमै थाइल्याण्ड र नेदरल्याण्ड्ससँग तथा युगाण्डा गएर चारदेशीय टी-२०आई शृंखला खेलेको थियो ।,एसिया छनोटका लागि नेपालको अन्तिम टोली पनि घोषणा भइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमती प्रदेश : डढेलोबाट नौ हजार छ सय हेक्टर वनमा क्षति
तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह
खेलाडीबीच हात हालाहालको स्थिति बनेपछि रुकुममा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड स्थगित
सार्वजनिक यातायात र हवाई टिकट दुबै पाउन मुस्किल
मुम्बईलाई हराउँदै गुजरात आइपिएल फाइनलमा
चीनमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
प्रतिनिधिसभा बैठक बस्दै, संसदमा शिक्षामन्त्रीले नयाँ विधेयक पारित गर्न प्रस्तुत गर्ने
वीरगञ्जको मुर्लीमा हैजाको आशङ्का, २८ जनामा संक्रमण देखिएपछि स्वास्थ्य टोली परिचालन
प्रहरी समायोजन चाँडै अगाडि बढाउने निर्णय
हेटौंडामा श्रीमान् श्रीमती मृत अवस्थामा फेला