सम्पदामा राजनीति नगरौं : सुनिता डंगोल

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, बैशाख १२, २०८२
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  •   १२ वैशाख, काठमाडौं ।
  • काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सम्पदामा राजनीति गर्न नहुने बताएकी छिन् ।
  • शुक्रबार अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाडौंं उपत्यका विश्व सम्पदा क्षेत्र) को तेस्रो वार्षिक बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

 

१२ वैशाख, काठमाडौं ।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सम्पदामा राजनीति गर्न नहुने बताएकी छिन् । शुक्रबार अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाडौंं उपत्यका विश्व सम्पदा क्षेत्र) को तेस्रो वार्षिक बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । सम्पदा क्षेत्रभित्र भू–राजनीति नभइ नेपाली नै सहभागी हुनुपर्ने उनको भनाइ थियो ।

‘भोलि समय बित्दै गइसकेपछि भूकम्पपश्चात् कसले कसले केके गरे ? भन्दा हाम्रो सम्पदा क्षेत्रभित्र जियो पोलिटिक्स होइन,’ उनले भनिन्, ‘हाम्रो सम्पदा क्षेत्रभित्र हाम्रो सहभागिता हुनुपर्छ । हामीले गर्व गर्ने ठाउँ हुनुपर्छ । यो नेपालीले बनाएको हो भन्ने उदाहरण हुनुपर्छ भन्नेकुरामा सदैव जोड दिइरहेका छौँ ।’सम्पदा निर्माणमा नेपालीकै लगानी गर्न राम्रो हुने बताउँदै उनलेसम्पदा संरक्षमा गर्व गर्न लायक काम हुनुपर्ने बताइन् ।‘सम्पदा निर्माणमा लगानी महानगरपालिकाको होस् वा सरकारको होस् । हामीले यो चाहीँ नेपाली आफैँले बनाउनु पर्छ है । यसमा हाम्रो हरेक लगानी हाम्रा नेपालीहरुकै हुनुपर्छ,’ उनले भनिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इजरायलद्वारा ‘वेस्ट बैंक’ मा ठूलो आक्रमण, कम्तीमा ११ जनाको ज्यान गयो
बढ्यो सुनको मूल्य , आज कतिमा हुँदैछ कारोबार ?
एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा आज नेपाल र बंगलादेश बिच प्रतिस्पर्धा
एमाले महाधिवेशन : ३ घण्टामा साढे ३०० खस्यो मत, नतिजा आजै
विशेष महाधिवेशनको माग बाध्यकारी छ: विश्वप्रकाश शर्मा
युक्रेनविरूद्धको युद्धमा एक सय उत्तर कोरियाली सैनिकको मृत्यु : दक्षिण कोरिया
एमाले कार्यवाहक अध्यक्षमा पोखरेल
उपसभामुखलाई हटाउन सरकारले अचम्मको फुर्ती देखायो : रास्वपा
महिला टी–२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपाल आज बहराइनसँग भिड्दै
११ मिनेटको अन्तरिक्ष यात्रा गरी फर्किए ६ महिला