लागूऔषध सहित हेटौँडाबाट २ जना पक्राउ

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, जेठ २, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • २ जेठ, हेटौँडा ।
  • लागूऔषध खैरो हेरोइनसहित मकवानपुर प्रहरीले बुधबार २ जनालाई पक्राउ गरेको छ ।
  • बुधबार दिउँसो ३ बजेको समयमा प्रहरी टोलीले हेटौँडा–१५, रातोमाटेमा सुरक्षाजाँच गर्ने क्रममा पर्सा जिल्लाको बीरगन्ज महानगरपालिका–५ का २० वर्षीय करण राय र २९ वर्षीय उपेन्द्र रायभरलाई लागूऔषध खैरो हेरोइन १८ ग्राम १५० मिलिग्रामसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

२ जेठ, हेटौँडा ।

लागूऔषध खैरो हेरोइनसहित मकवानपुर प्रहरीले बुधबार २ जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो ३ बजेको समयमा प्रहरी टोलीले हेटौँडा–१५, रातोमाटेमा सुरक्षाजाँच गर्ने क्रममा पर्सा जिल्लाको बीरगन्ज महानगरपालिका–५ का २० वर्षीय करण राय र २९ वर्षीय उपेन्द्र रायभरलाई लागूऔषध खैरो हेरोइन १८ ग्राम १५० मिलिग्रामसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको म १ प २१८ नम्बरको पर्यटक बसमा सवार करण र उपेन्द्रलाई शंका लागी सुरक्षाजाँच गर्दा करण रायले बोकेको झोलामा मोवाइल चार्जरभित्र लुकाएर ल्याएको अवस्थामा लागूऔषध खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिई उनीहरुलाई हिरासतमै राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?