एकैदिन तोलाको ७५ सय घट्यो सुन
सारांश
- १० वैशाख, काठमाडौं ।
- नेपाली बजारमा आज बुधबार सुनको मूल्यमा भारी गिरावट आएको छ ।
- हिजो मंगलबार तोलामै ६ हजार ९ सय रुपैयाँ बढेको सुन आज ७ हजार ५ सय रुपैयाँ घटेको हो ।

१० वैशाख, काठमाडौं ।
नेपाली बजारमा आज बुधबार सुनको मूल्यमा भारी गिरावट आएको छ । हिजो मंगलबार तोलामै ६ हजार ९ सय रुपैयाँ बढेको सुन आज ७ हजार ५ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार तोलाको १ लाख ९७ हजा ९ सय पुगेको थियो । यस्तै मंगलबार १० रुपैयाँ वृद्धि भएको चाँदी आज ५ रुपैयाँले घटेको छ । आज तोलाको १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया