उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई ज्यान मार्ने धम्की

nepaltathya_news nepaltathya_news
|
आइतबार, कार्तिक १८, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   काठमाडौं ।
  • उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई लक्षित गर्दै मुम्बई पुलिसको ट्राफिक कन्ट्रोल सेलमा एउटा गम्भीर धम्कीपूर्ण सन्देश प्राप्त भएको छ।
  • उक्त सन्देशमा मुख्यमन्त्री योगी आदित्यनाथले १० दिनभित्र राजीनामा नगरे ‘बाबा सिद्दिकी’लाई जस्तै हालतमा मार्ने चेतावनी दिइएको उल्लेख छ।

 

काठमाडौं ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई लक्षित गर्दै मुम्बई पुलिसको ट्राफिक कन्ट्रोल सेलमा एउटा गम्भीर धम्कीपूर्ण सन्देश प्राप्त भएको छ। उक्त सन्देशमा मुख्यमन्त्री योगी आदित्यनाथले १० दिनभित्र राजीनामा नगरे ‘बाबा सिद्दिकी’लाई जस्तै हालतमा मार्ने चेतावनी दिइएको उल्लेख छ।

यो सन्देश शनिबार साँझ मुम्बई पुलिस कन्ट्रोल रुमलाई एक अज्ञात नम्बरबाट आएको बताइएको छ। मुख्यमन्त्री आदित्यनाथलाई आएको यस धम्कीपछि सुरक्षाका उपायहरू थप कडा बनाइएको छ। मुम्बई प्रहरीले तुरुन्तै घटनाबारे अनुसन्धान सुरु गरेको छ भने सन्देश पठाउने व्यक्तिको खोजीकार्यलाई पनि तीव्रता दिएको छ।

यसैबीच, मुम्बई पुलिसले यस धम्की सम्बन्धी सम्पूर्ण विवरण उत्तर प्रदेश पुलिसलाई पनि उपलब्ध गराएको छ। प्राप्त जानकारीको आधारमा, यूपी पुलिसले पनि अनुसन्धान सुरु गरेको छ र यस विषयमा सुरक्षाका आवश्यक कदम चाल्न कडा तयारी गरेको छ।

यस धम्कीको पृष्ठभूमि र यसमा संलग्न व्यक्तिको खोजी कार्यलाई प्रभावकारी बनाउन दुबै राज्यका प्रहरी संयन्त्रले समन्वय बढाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दार्चुलामा आप्रवासी स्रोत केन्द्र
सडक निर्माणमा भ्रष्टाचार : गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा
नयाँ प्रधानमन्त्री मधेश प्रदेशबाटै बन्ने कांग्रेस नेता घिमिरेको दाबी
पदभार ग्रहण गर्दै मन्त्री भण्डारीले भने : भाषण गर्ने मात्र होइन्, एक्सनमा उत्रिन्छु
हेटौंडामा होटलमा श्रीमती भेट्न पुगेका युवक मृ*त फेला
पत्रकार महासंघ महाधिवेशन: उम्मेदवारी दर्ता स्थगित
सर्लाहीमा परालको भुसामा लुकाइएको १० क्विन्टल काजु बरामद
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य १५ रुपैयाँले बढ्यो
जनकपुरको दुर्गा मन्दिर परिसरमा एक पुरुषको शव फेला
लागुऔषध गाँजा सहित चार जना प्रहरी नियन्त्रणमा