रुकुममा खोलाले मोटरसाइकल बगाउँदा दुई जनाको मृत्यु

nepaltathya_news nepaltathya_news
|
सोमबार, भाद्र २४, २०८१
|
|
१३ पटक हेरिएको
Shares

सारांश

  •   २४ भदौ ,रुकुम ।
  • रुकुम पश्चिममा खोलाले मोटरसाइकल बगाउँदा दुई जनाको मृत्यु भएको छ।
  • मुसिकोट नगरपालिका–६ र ७ को सिमाना पर्ने रमा खोलाले आइतबार राति रा६प २९६९ नम्बरको मोटरसाइकल बगाउँदा उनीहरुको मृत्यु भएको हो।

 

२४ भदौ ,रुकुम । रुकुम पश्चिममा खोलाले मोटरसाइकल बगाउँदा दुई जनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका–६ र ७ को सिमाना पर्ने रमा खोलाले आइतबार राति रा६प २९६९ नम्बरको मोटरसाइकल बगाउँदा उनीहरुको मृत्यु भएको हो। साँख गाउँबाट कानेवाङ आउने क्रममा मोटरसाइकल बगाउँदा मुसिकोट–४ का ५० वर्षीय सर्जन पुन र मुसिकोट–६ का ३२ वर्षीया निर्मला केसी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिए।घटनाबारे प्रहरीले आज बिहान मात्र जानकारी पाएको हो। महिलाको शव खोलाभन्दा तीन सय मिटर तल तथा पुरुषको शव २० मिटर तल मोटरसाइकले च्यापिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?