सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशमाथि मङ्सिर २९ गते संसदीय सुनुवाइ हुने

nepaltathya_news nepaltathya_news
|
आइतबार, मंसिर २४, २०८०
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • २४ मंसिर, काठमाडौं ।
  • संघीय संसदको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने व्यक्तिहरुसँग छलफल सकेको छ ।
  • प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध विभिन्न १० जना व्यक्तिले उजुरी दिएका थिए ।

२४ मंसिर, काठमाडौं । संघीय संसदको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने व्यक्तिहरुसँग छलफल सकेको छ ।

प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध विभिन्न १० जना व्यक्तिले उजुरी दिएका थिए । आइतबार समितिको बैठकमा उजुरीकर्तासँग उनीहरुले उजुरीमा उठाएका विषयमा छलफल गरिएको हो । अब प्रस्तावित न्यायाधीशहरुको सुनुवाइी २९ मंसिरमा मात्र हुने प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डेयले जानकारी दिए । यस बीचमा केही राजनीतिक दलको आन्तरिक कार्यक्रम तय भएकाले सुनुवाइ मिति पछाडि सारिएको उनको भनाइ छ । न्यायपरिषदको ५ मंसिरमा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो । उनीहरुको संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि मात्र नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
बुटवलबाट विराटनगरका लागि छुटेको ट्रक, अवैध समानसहित सर्लाही प्रहरीको नियन्त्रणमा
कबिलासीको सिर्सियामा सामुदायिक भवनको शिलान्यास
गुल्मीको धुर्कोटमा आगलागी हुँदा एक जनाको मृ*त्यु
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
नेपाल बैंकले माग्यो विभिन्न पदका कर्मचारी
भारतसँग हारेपछि शोएब अख्तरको टिप्पणी- हाम्रा खेलाडीसँग विराट, रोहित र शुभमनजस्तो सीप छैन
पशुपति अमालकोटमै जुवा अड्डा, संस्कृति महाशाखा प्रमुखसहित सात पक्राउ
गुल्मीमा ट्याक्टरको ठक्करबाट चार वर्षीय बालक घाइते
युक्रेनमा रुसी हवाई आक्रमण, पाँच जनाको मृ*त्यु, दर्जनौं घाइते