अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

nepaltathya_news nepaltathya_news
|
शनिबार, चैत्र ३०, २०८१
|
|
६ पटक हेरिएको
Shares

सारांश

  •   ३० चैत, काठमाडौं ।
  • देशका विभिन्न स्थानबाट लागुऔषधसहित १५ जना पक्राउ परेका छन् ।
  • प्रहरीले उनीहरूलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

 

३० चैत, काठमाडौं ।

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १५ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ । प्रहरीका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका ११ डोकेबजारबाट अवैध लागुऔषध खैरो हेरोइन १ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने ५० वर्षीया लक्ष्मी कँडेललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङको पथरीशनिश्चरे नगरपालिका १ गोस लाइन बस्ने ५१ वर्षीय कुमार लिम्बूलाई ब्राउनसुगर १ ग्रामसहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यसैगरी मोरङको रतुवामाई नगरपालिका १ कुटुमगञ्जबाट ब्राउनसुगर ३ ग्राम ८ सय ८० मिलिग्रामसहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उर्लावारी नगरपालिका ३ बस्ने ३५ वर्षीय किरण राई र ३५ वर्षीय काजीमान लिम्बू रहेका छन् । इलाका प्रहरी कार्यालय सिजुवा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को १५ प १९६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका १८ हेमन्तपुर कोलकाटे टोलबाट ब्राउनसुगर ४ सय ७० मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका ६ गोठलीगाउँ बस्ने ३२ वर्षीय श्रीधर डाँगी र सोही उपमहानगरपालिका ६ गाइडर बस्ने ४० वर्षीय लुपेन्द्र पोख्रेल रहेका छन् । प्रहरी चौकी बिजौरीबाट खटिएको प्रहरीले रा ७ प ३०६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यस्तै झापाको बिर्तामोड नगरपालिका ५ सिटी सेन्टरस्थित सडकबाट अवैध लागुऔषध गाँजा करिब ५ किलो ५ सय ३४ ग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बेङ्लोर कनाटाकास इजिपुरा बस्ने ३७ वर्षीया सनम सेख र भारत नागावार बस्ने ५१ वर्षीय इब्राहिम केथाड्थ रहेका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले काठमाडौंबाट काँकरभिट्टातर्फ जाँदै गरेको प्र३–००१ ख २८२५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी झापा, अर्जुनधारा नगरपालिका ११ बसपार्क नजिकबाट ब्राउनसुगर करिब १ ग्राम ३ सय २० मिलिग्रामसहित बिर्तामोड नगरपालिका ६ स्यालडाँगी बस्ने ताप्लेजुङ फुङलिङ नगरपालिका ४ घर भएका २१ वर्षीय युगल दर्जी सिवालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस्तै रूपन्देहीको बुटवल उपमहानगरपालिका ६ ट्राफिक चोकबाट  ब्राउनसुगर करिब १ ग्राम ६ सय ६० मिलिग्रामसहित सोही उपमहानगरपालिका ११ बस्ने ४४ वर्षीय केशर बहादुर दर्जीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा र अस्थायी प्रहरी पोस्ट ट्राफिक चोकबाट खटिएको प्रहरीले लु ७३ प ६४५४ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिविको भीसी कार्यालय अगाडि कर्मचारीको धर्ना
विचार मिल्ने शक्तिहरू एकै ठाउँमा उभिनु सकारात्मक : प्रदीप ज्ञवाली
मुख्यमन्त्री नियुक्ति विवाद : नेता–कार्यकर्ताबाट कर्मचारीमाथि कुटपिट
हमासले सार्वजनिक गर्‍यो आज रिहा गरिने जीवित २० बन्धकको तस्बिर, छैनन् विपिन
श्रीलंकालाई हराउँदै नेपालको सुखद सुरुवात
बाढी–पहिरो पीडितको सहायताका लागि सरकारले गुहार्‍यो विकास साझेदार
ईश्वरपुरमा बालविकास केन्द्र भवनको शिलान्यास
त्रिवि क्रिकेट मैदानमा सिट जडान सुरु, पाँच रङका कुर्सीले प्यारापिट सजिने
१२ अंकले बढ्यो शेयर बजार, कारोबार रकममा भने गिरावट
अधुरा खानेपानी आयोजना र चुरे विनाशका कारण मधेसमा मरुभूमिकरण बढ्योः सांसद शर्मा