कुवेतविरुद्ध भुर्तेलको अर्धशतक

nepaltathya_news nepaltathya_news
|
बिहिबार, चैत्र २८, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   २८ चैत, काठमाडौँ — हङकङमा जारी चार देशीय टी–२० आई सिरिज अन्तर्गत दोस्रो खेलमा कुवेतविरुद्ध ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् ।
  • १८६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउन क्रममा भुर्तेलले २५ बलमा अर्धशतक पूरा गरेका हुन् ।
  • उनले त्यसक्रममा चार छक्का र पाँच चौका प्रहार गरेका छन् ।

 

२८ चैत, काठमाडौँ —

हङकङमा जारी चार देशीय टी–२० आई सिरिज अन्तर्गत दोस्रो खेलमा कुवेतविरुद्ध ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् । १८६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउन क्रममा भुर्तेलले २५ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले त्यसक्रममा चार छक्का र पाँच चौका प्रहार गरेका छन् ।

नेपालले यतिबेला ८ ओभरको समाप्तिमा विना विकेटको क्षतिमा ८५ रन बनाएको छ । हिजो कतारवीरुद्ध पनि भुर्तेलले आक्रामक सुरुवात दिलाएका थिए । आजको अर्धशतकसँगै भुर्तेलले टी–२० आईमा ११ औं अर्धशतक पूरासमेत गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ