राजसंस्थाको मागसहित काठमाडौंमा राप्रपाको प्रदर्शन

nepaltathya_news nepaltathya_news
|
बुधबार, फाल्गुन ९, २०८०
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • ९ फागुन, काठमाडौं ।
  • राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनासहित ४० बुँदे माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा प्रदर्शन गरेको छ ।
  • प्रदेश संरचनाको खारेज गरेर बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूतिका, राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न माग राख्दै राप्रपाले विरोध प्रदर्शन गरेको हो ।

९ फागुन, काठमाडौं । राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनासहित ४० बुँदे माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा प्रदर्शन गरेको छ ।

प्रदेश संरचनाको खारेज गरेर बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूतिका, राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न माग राख्दै राप्रपाले विरोध प्रदर्शन गरेको हो । आजदेखि काठमाडौंसहित देशभरका जिल्ला सदरमुकाममा दबाबमूलक प्रदर्शन गर्ने कार्यक्रम रहेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । देशभर प्रदर्शन र सभा गरेर चैतको पहिलो साता काठमाडौं केन्द्रित प्रदर्शन र भेला गर्ने उनले बताए ।

आज काठमाडौंमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, र्‍यालीसहित दबाबमुलक कार्यक्रम गर्ने तथा देशका सबै जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको राप्रपाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय सभा अन्तरगत दुई समितिको बैठक बस्दै
मेयरद्वारा प्रमुख प्रशासकीय अधिकृतलाई गोलीले उडाइदिने धम्की
विद्यार्थीको प्रदर्शनपछि बंगलादेशका प्रधानन्यायाधीशद्वारा पदबाट राजीनामा
संसद पुनर्स्थापना रोजेर महाधिवेशन ढिलो गरे कांग्रेसलाई प्रत्युत्पादक हुन्छ : प्रदीप पौडेल
एनपीएल खेल्न नेपाल आइपुगे वेष्ट इन्डिजका चाडविक वाल्टन
२५ अंकले घट्यो नेप्से, १० अर्ब बराबरको कारोबार
काठमाडौं महानगर र ट्राफिक प्रहरीको सहकार्यमा सवारीसाधनको प्रदूषण जाँच
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
लगानी सम्मेलनले आर्थिक समृद्धिको ढोका खुल्छः प्रधानमन्त्री
खोलाले बगाएकी महिला १० किलोमिटर टाढा मृत भेटिइन्