रविको पक्राउविरुद्ध रास्वापाले गरायो मानवअधिकार आयोगको ध्यानाकर्षण

nepaltathya_news nepaltathya_news
|
बुधबार, चैत्र २७, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २७ चैत,काठमाडौं ।
  •  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेमाथि प्रहरीले ज्यादती गरेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।
  • रास्वपाले लामिछानेको मानव अधिकार हनन भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको हो ।

 

२७ चैत,काठमाडौं ।

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेमाथि प्रहरीले ज्यादती गरेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ । रास्वपाले लामिछानेको मानव अधिकार हनन भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको हो ।

आयोगको ध्यानाकर्षण गराउन कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रमुख सचेत सन्तोष परियार लगायतका नेताहरु आज बिहान आयोगको कार्यालयमा पुगेका थिए । उनीहरुले लामिछानेको मानव अधिकार रक्षाका लागि भन्दै आयोग पदाधिकारीको ध्यानाकर्षण गराएका थिए । सहकारीको रकम ठगेको कसुरमा चैत २२ गते शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा छाड्न दिएको आदेश बदर गर्दै उच्चले पुर्पक्षमा पठाउन आदेश दिएपछि सोही दिन राति लामिछानेलाई प्रहरीले काठमाडौंस्थित निवासबाटै पक्राउ गरेको थियो । लामिछानेलाई प्रहरीले पक्राउ पुर्जी विना नियन्त्रणमा लिएको र ज्यादती गरेको भन्दै रास्वपाले विरोध जनाउँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?