देशमा भ्रष्टाचार चलिरहेको आशंका छ : प्रधानमन्त्री

nepaltathya_news nepaltathya_news
|
बुधबार, चैत्र २७, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २७ चैत, काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा भ्रष्टाचार चलिरहेको आफूलाई शंका लागेको बताएका छन् ।
  • नेपाल चेम्बर अफ कमर्शको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो शंका व्यक्त गरेका हुन् ।

 

२७ चैत, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा भ्रष्टाचार चलिरहेको आफूलाई शंका लागेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्शको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो शंका व्यक्त गरेका हुन् । ‘आज हामीलाई सुशासन चाहिएको छ । र विकास चाहिएको छ । सुशासन कुनै कम्प्रमाइजबिना चाहिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचारसँग कम्प्रमाइज हुन सक्दैन ।

मलाई आशंका छ, भ्रष्टाचार फेरि पनि चलिरहेको छ । म भनिरहेको छु, भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ । तर, थाहा नपाई नपाई भ्रष्टाचार भइरहेको हुनसक्छ ।’ यस्ता भ्रष्टाचार रोक्न चेम्बर अफ कमर्शको साथ आफूलाई चाहिएको पनि प्रधानमन्त्री ओलीले बताए । ‘यो रोक्न तपाईंहरूको सहयोग चाहिन्छ,’ प्रधानमन्त्री ओलीले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ