आजपा नेपालका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले दिए राजीनामा

nepaltathya_news nepaltathya_news
|
मंगलबार, चैत्र २६, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २६ चैत, रौतहट : आम जनता पार्टी (आजपा) नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले पार्टीबाट राजीनामा दिएका छन् ।
  • लामो समयदेखि राष्ट्रिय अध्यक्ष प्रभु साहसँग सहकार्य गर्दै आएका साहले सामाजिक सञ्जालमार्फत सोमबार राजीनामा घोषणा गरेका हुन् ।
  • साहले लेखेका छन्, “आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष मा.

 

२६ चैत, रौतहट :

आम जनता पार्टी (आजपा) नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले पार्टीबाट राजीनामा दिएका छन् । लामो समयदेखि राष्ट्रिय अध्यक्ष प्रभु साहसँग सहकार्य गर्दै आएका साहले सामाजिक सञ्जालमार्फत सोमबार राजीनामा घोषणा गरेका हुन् ।

साहले लेखेका छन्, “आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष मा. प्रभु साहसँग भएको लामो सहयात्राका लागि उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु। उहाँको पार्टी प्रगति गरोस्, हार्दिक शुभकामना छ। आजको मिति देखि म पार्टीको कुनै पनि सांगठनिक जिम्मेवारीमा नरहेको सबैमा जानकारी गराउँदछु।”

उपेन्द्र प्रभुका अत्यन्त नजिकका सहयोगीका रूपमा चिनिन्थे। पार्टी गठनदेखि नै उनले आजपामा प्रभावशाली भूमिका निर्वाह गर्दै आएका थिए ।  उनको राजीनामालाई आजपा नेपालभित्रको आन्तरिक समीकरणमा ठूलो संकेतको रूपमा हेरिएको छ। उनी मधेस प्रदेशका इन्चार्ज समेत रहेका थिए । पार्टीका तर्फबाट भने अहिलेसम्म यसबारे कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पीडितलाई न्याय दिने विषयमा सबै दलको एक मत छः सभापति देउवा
आजको फलफूल तथा तरकारीको मूल्यसूची
औषधि लिमिटेडका औषधि सरकारी स्वास्थ्य संस्थामा बिक्री गर्न स्वास्थ्य मन्त्री पौडेलको पहल
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा स्वाधीन संयुक्त सरकार गठनको प्रस्ताव
लुम्बिनीविरुद्ध जितका लागि सुदूरपश्चिमले पायो १४४ रनको लक्ष्य
आजको मौसम : यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुनसरीको गलैँचा उद्योगमा आगलागी, करोडौँको क्षति
च्याम्पियन्स ट्रफी : पाकिस्तान र बंगलादेशको खेल वर्षाका कारण रद्द
प्रधानमन्त्री आज सुदूरपश्चिम आउँदै, प्रदेश सभालाई सम्बोधन गर्ने
संरक्षणको पर्खाइमा ‘टास्सी ध्याफेल दरबार’