मंगलबार गर्ने प्रदर्शन र सभाको तयारी पूरा : राप्रपा

nepaltathya_news nepaltathya_news
|
सोमबार, चैत्र २५, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २५ चैत, काठमाडौं ।
  • संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले मंगलबार काठमाडौंमा गर्ने प्रदर्शन र सभाको तयारी पूरा भएको राप्रपाले छ ।
  • राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार भृकुटीमण्डपमा हुने सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरुले सम्बोधन गर्ने तयारी छ ।

 

२५ चैत, काठमाडौं ।

संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले मंगलबार काठमाडौंमा गर्ने प्रदर्शन र सभाको तयारी पूरा भएको राप्रपाले छ ।राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार भृकुटीमण्डपमा हुने सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरुले सम्बोधन गर्ने तयारी छ ।

सभा सुरु हुनुअघि काठमाडौंका सुन्धारा, रत्नपार्क लगायतका स्थानबाट जुलुस निकालिने छ । ती जुलुस भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने राप्रपाले जनाएको छ ।प्रदर्शन र सभालाई शान्तिपूर्ण बनाउने तयारी राप्रपाको छ । यसअघि चैत १५ गते राप्रपाको समेत समर्थन र सहभागितामा संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाका लागि भन्दै काठमाडौंको तीनकुनेमा आयोजना गरिएको सभा हिंसात्मक भएको थियो । दुर्गा प्रसाईंले नेतृत्व गरेको प्रदर्शनमा २ जनाको मृत्यु भएको छ भने अर्बौंको भौतिक क्षति पुगेको अनुमान छ ।

लगत्तै बसेको राप्रपाको बैठकले हिंसा भड्किनुको दोष सरकारलाई लगाएको थियो । तर हिंसा भड्काएको भन्दै प्रहरीले राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा लगायतलाई पक्राउ गरेको छ । राप्रपाले चैत २६ गते मंगलबार गर्न लागेको सभालाई राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक जनमान गुरुङले समेत समर्थन जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?