इम्बोस्ड नम्बर प्रणालीको विरोधमा राप्रपाले बुझायो ज्ञापनपत्र

nepaltathya_news nepaltathya_news
|
आइतबार, भाद्र १५, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • १५ भदौ, काठमाडौं ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ललितपुर क्षेत्र नम्बर–३ ले हाल लागू गरिएको ‘इम्बोस्ड नम्बर प्रणाली’को कडा विरोध गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ।
  • आइतबार यातायात व्यवस्था कार्यालयमा पुगेर विरोधसहित ज्ञापनपत्र बुझाइएको केन्द्रीय सदस्य निरञ्जन थापाले जानकारी दिए ।

१५ भदौ, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ललितपुर क्षेत्र नम्बर–३ ले हाल लागू गरिएको ‘इम्बोस्ड नम्बर प्रणाली’को कडा विरोध गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ। आइतबार यातायात व्यवस्था कार्यालयमा पुगेर विरोधसहित ज्ञापनपत्र बुझाइएको केन्द्रीय सदस्य निरञ्जन थापाले जानकारी दिए । ज्ञापनपत्रमा सो प्रणालीले सर्वसाधारण जनतामाझ गम्भीर असन्तोष र अन्योलता सिर्जना गरेको उल्लेख गर्दै यसले पारदर्शिता, सुशासन र नागरिकप्रतिको उत्तरदायित्व खण्डित गरेको आरोप लगाइएको छ।

ज्ञापनपत्रमार्फत राप्रपाले इम्बेस्ड नम्बर प्रणालीका कारण सामान्य नागरिकलाई अनावश्यक झन्झट, अतिरिक्त खर्च र समय बर्बादी भएको, विभिन्न निकायहरूमा दुरुपयोग र भ्रष्टाचारको सम्भावना बढेको र संविधानले सुनिश्चित गरेको समान अवसर तथा न्यायपूर्ण व्यवहारमा बाधा पुगेको दाबी गरेको छ। राप्रपाले सरकारसँग तत्काल उक्त प्रणाली खारेज गर्न, नागरिकमैत्री, पारदर्शी र सहज प्रक्रिया अवलम्बन गर्न तथा भविष्यमा यस्ता निर्णय अघि जनसरोकारवाला पक्षहरूसँग पर्याप्त छलफल गर्न माग गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरतपुरमा बन्यो एसियन मापदण्डको हाइवे, २५ चैतमा उद्‍घाटन
पृथ्वीनारायण शाहको दिव्योपदेश राष्ट्रिय एकता प्रवद्र्धनमा मार्गदर्शन बन्न सक्छ: राष्ट्रपति
राजावादीको आन्दोलन अर्थहीन : देउवा
एनपीएल राष्ट्रिय गौरवको विषय हो, रोकिन हुँदैन: प्रधानमन्त्री
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
कर्णालीका आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिन्छ : मन्त्री यादव
देशभरको मौसम आज मुख्यतया सफा रहने
मलेसियामा प्रवासी नेपाली श्रमिक समस्याबारे मुख्यमन्त्री सिंहको विशेष अन्तरक्रिया
बिपी राजमार्गमा रातभरि काम, आजै यातायात सञ्चालनको तयारी
नेपाल आदिबासी जनजाति महासंघको नयाँ नेतृत्व चयन हुँदै