सरकारले आन्दोलित शिक्षकका कुरा सुन्छ : प्रधानमन्त्री

nepaltathya_news nepaltathya_news
|
शनिबार, चैत्र २३, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २३ चैत,  काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकका माग सरकारले सुनुवाइ गर्ने बताएका छन्।
  • थाइल्यान्डको औपचारिक भ्रमण सकेर शनिबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले शिक्षकका माग सुनुवाइ गर्ने भएकाले दुःख नगर्न आग्रह गरेका हुन्।
  • ‘हामी कुराकानी गर्छौं।

 

२३ चैत,  काठमाडौं-

प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकका माग सरकारले सुनुवाइ गर्ने बताएका छन्। थाइल्यान्डको औपचारिक भ्रमण सकेर शनिबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले शिक्षकका माग सुनुवाइ गर्ने भएकाले दुःख नगर्न आग्रह गरेका हुन्।

‘हामी कुराकानी गर्छौं। उहाँहरूका कुरा सुन्छौं। न सरकार उहाँहरूको विरोधी हो, न उहाँहरू सरकारको विरोधी हो। हामी सबै एउटै हौं। के कति गर्न सकिन्छ भन्ने कुरा परस्परमा कुरा गरेर टुंगिने हो। धेरै उहाँहरूले पनि दुःख नपाए हुन्छ,’ प्रधानमन्त्री ओलीले भने। देशभरका शिक्षकहरू चार दिन यता विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने मागसहित प्रदर्शनमा छन्।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?