सामूहिक बलात्कारको आरोपमा पीडितकी पति पक्राउ, दुई किशोर फरार

nepaltathya_news nepaltathya_news
|
शनिबार, कार्तिक ३, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   ३ कार्तिक, हेटौंडा — मकवानपुरको ग्रामीण भेगकी एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा उनका पति पक्राउ परेका छन् ।
  • दुई किशोर फरार छन् ।
  • मनहरी गाउँपालिका-५ की ३१ वर्षीया महिलालाई पतिसहित अन्य दुई किशोरले असोज ३० गते बेलुका घरमै सामूहिक बलात्कार गरेका थिए ।

 

३ कार्तिक, हेटौंडा — मकवानपुरको ग्रामीण भेगकी एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा उनका पति पक्राउ परेका छन् । दुई
किशोर फरार छन् ।

मनहरी गाउँपालिका-५ की ३१ वर्षीया महिलालाई पतिसहित अन्य दुई किशोरले असोज ३० गते बेलुका घरमै सामूहिक बलात्कार गरेका थिए ।पीडितले छिमेकीसहित कात्तिक १ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएकी थिइन् । उजुरीको आधारमा प्रहरीले पतिलाई पक्राउ गरेको हो । अन्य दुई जना फरार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार बलात्कृत महिलाले तीन वर्षअघि अर्को पुरुषसँग सम्बन्ध विच्छेद गरेर विवाह गरेकी थिइन् ।

मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ मा बलात्कारका दोषीलाई कठोर सजायको व्यवस्था गरिएको छ । कानुनमा १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपांगता भएका वा ७० वर्षभन्दा बढी उमेरका महिलालाई बलात्कार भए जन्मकैदको सजाय हुने व्यवस्था छ । १० वर्षदेखि १४ वर्षसम्मकालाई बलात्कार गरे १८ देखि २० वर्षसम्म कैद, १४ देखि १६ वर्षसम्मका किशोरीलाई बलात्कार गरे १२ देखि १४ वर्षसम्म कैद, १६ देखि १८ वर्षकालाई बलात्कार गरेमा १० देखि १२ वर्षसम्म कैद र १८ वर्षमाथिकालाई बलात्कार गरे ७ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

यसबाहेक वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पनि पत्नीलाई जबरर्जस्ती करणी गरेमा ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य
१५ वर्षिय बालकको अपहरणपछि ह*त्या 
एमाले केन्द्रीय कमिटी बैठक स्थगित
लोकतान्त्रिक अपाङ्ग संघको लेटरप्याड र छाप दुरूपयोग भएकोप्रति आपत्ति
माओवादी केन्द्रले पनि बोलायो संसदीय दलको बैठक
म भागेको छैन, गोरखा मिडियामा आएको पैसाको जिम्मेवारी लिन्छु– रवि लामिछाने
रास्वपाको कार्यवाहक प्रवक्तामा प्रतिभा रावल
राप्रपा नेपाल केन्द्रीय समितिको विस्तारित बैठक बस्दै, आन्दोलन तयारीबारे छलफल गर्ने
राष्ट्रिय जनमोर्चाले घोषणा गर्‍यो राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम
सीमा क्षेत्रमा थप कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन