बाराबाट ११ किलो चरेससहित एक जना पक्राउ

nepaltathya_news nepaltathya_news
|
शनिबार, चैत्र २३, २०८१
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  •   २३ चैत, बारा ।
  • बारा प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ ।
  • जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–२१ स्थितबाट ११.

 

२३ चैत, बारा ।

बारा प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–२१ स्थितबाट ११.६८ किलो लागुऔषध चरेससहित एक जनालाई पक्राउ गरेको हो । प्रहरीले मोटरसाइकल र लागुऔषध चरेससहित मकवानपुरको थाहा नगरपालिका–६ का ३८ वर्षीय दशरथ थिङलाई नियन्त्रणमा लिएको छ ।  इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी नायब निरीक्षक टेकबहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाका आधारमा जाँच गर्दा

मोटरसाइकलबाट ठूलो परिमाणमा चरेस बरामद भएको बारा प्रहरीले जनाएको छ ।  हेटौँडाबाट वीरगन्जतर्फ आउँदै गरेको बा ४८ प ९३३ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकललाई रोकेर जाँच गर्दा सिटमुनि लुकाइछिपाइ राखिएको अवस्थामा चरेस जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ । तौल गर्दा प्लास्टिक सहित उक्त लागुऔषधको तौल ११.६८ किलो रहेको पुष्टि भएको छ।  पक्राउ परेका थिङलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुटवल-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध
एमपिएको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ
काठमाडौंमा आजदेखि आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट
सूचना प्रविधि विभागका महानिर्देशक पौड्यालले दिए राजीनामा
पेट्रोल, डिजेल र मट्टितेलको नयाँ मूल्य समायोजन
अवैध गाई–गोरु तस्कर नियन्त्रणमा, दुई गाडीबाट ११ पशु बरामद
वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै ५८ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
कतारका अमिर थानी काठमाडौँ आइपुगे
ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, पाँच जना घाइते
नेपाल हुँदै अवैध रूपमा भारत प्रवेश गर्न लागेका उज्बेकिस्तानी महिला र नेपाली युवक पक्राउ