तीनकुन हिंसात्मक घटना : आगो लगाएको आरोपमा युवक पक्राउ

nepaltathya_news nepaltathya_news
|
बिहिबार, चैत्र २१, २०८१
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   काठमाडौँ, २१ चैतः तीनकुन हिंसात्मक घटना अनुसन्धानका क्रममा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
  •   अपराध अनुसन्धान कार्यालयले बिहीबार  दिएको जानकारीअनुसार रामेछापको गोकुल गंगा गाउँपालिका-४ का २७ वर्षीय केशव बस्नेतलाई पक्राउ गरिएको हो।
  •   उनले चैत १५ गते तीनकुनेमा गरिएको राजावादी प्रदर्शनमा सीसीटीभी फुटाएको, जडीबुटीमा उद्योग र गाडीमा आगाे लगाएको प्रहरीले जनाएको छ।

 

काठमाडौँ, २१ चैतः

तीनकुन हिंसात्मक घटना अनुसन्धानका क्रममा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।  अपराध अनुसन्धान कार्यालयले बिहीबार  दिएको जानकारीअनुसार रामेछापको गोकुल गंगा गाउँपालिका-४ का २७ वर्षीय केशव बस्नेतलाई पक्राउ गरिएको हो।  उनले चैत १५ गते तीनकुनेमा गरिएको राजावादी प्रदर्शनमा सीसीटीभी फुटाएको, जडीबुटीमा उद्योग र गाडीमा आगाे लगाएको प्रहरीले जनाएको छ।

एक प्रहरी अधिकृतका अनुसार भक्तपुरबाट गएराति पक्राउ परेका उनलाई हिरासतमा राख्ने अनुमति लिन अदालत लगिँदै छ।  चैत १५ को प्रदर्शन हिंसात्मक बन्दा २ जनाको ज्यान गएको थियो भने तोडफोड आगजनी र लुटपाटका कारण करोडौँको क्षति भएको थियो।  घटना अनुसन्धानका क्रममा प्रहरीले हिंसाका लागि उक्साएको आरोपमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई समेत हिरासतमा राखेको छ। उनीहरूसहित ६६ जनाविरुद्ध बुधबार मात्र ६ दिन हिरासत म्याद थप गरिएको छ।

त्यस प्रदर्शनका जनकमान्डर तोकिएका दुर्गा प्रसाईं भने भागेर भारत पुगेका छन्।  नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’को आयोजनामा (२०८१) चैत १५ गते गरिएको राजावादी प्रदर्शनका क्रममा २ जना मारिनुका साथै तोडफोड, आगजनी र लुटपाट भएका थिए। यसपछि गणतन्त्रवादी दल तथा नेता ज्ञानेन्द्र शाहविरुद्ध आक्रामक रूपमा प्रस्तुत भइरहेका छन्। काठमाडौँ महानगरपालिकाले त शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोक्दै पत्रसमेत लेखिसकेको छ। तर शाहको सचिवालयले उक्त हिंसाको जिम्मेवार निर्मल निवास (ज्ञानेन्द्रको निवास) नभएको जिकिर गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?