चोरीको मोटरसाइकलसहित एक व्यक्ति पक्राउ

nepaltathya_news nepaltathya_news
|
बुधबार, चैत्र २०, २०८१
|
|
५ पटक हेरिएको
Shares

सारांश

  •   २० चैत, काठमाडौं ।
  •   मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
  • पक्राउ पर्नेमा काभ्रेपल्ञ्चोकको महाभारत गाउँपालिका–१ घर भई हाल भक्तपुर ठिमी बस्ने दुर्गा बहादुर दर्लामी रहेका छन्।

 

२० चैत, काठमाडौं । 

मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा काभ्रेपल्ञ्चोकको महाभारत गाउँपालिका–१ घर भई हाल भक्तपुर ठिमी बस्ने दुर्गा बहादुर दर्लामी रहेका छन्। चैत १५ गते भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–५ राधेराधेस्थित सडक खण्डमा प्रदेश १–०२,०४५ प २६२४ नम्बरको २०० सीसीको कालो रंगको पल्सर एनएस

मोटरसाइकलको चालक र मोटरसाइकल पछाडी बस्ने व्यक्तिले शंकास्पद गतिविधी देखाई मोटरसाइकल छाडी फरार भएका थिए। दर्लामी उक्त मोटरसाइकलको पछाडी बसेका थिए। उक्त मोटरसाइकलको सम्बन्धमा बुझ्दा उक्त च्यासिस तथा इन्जिन नम्बर भएको एन एस मोटरसाइकलको वास्तविक नम्वर ग.प्र.०३,००१ प ०७२५ खुल्न आएको प्रहरीले जनाएको छ। सो मोटरसाइकल यही चैत ७ गते

काठमाडौँको टोखा नगरपालिका–७ धापासी भेटघाटचोक स्थित सडक खण्डबाट हराएको भनि गोरखा शहीदलखन गाउँपालिका–४ का राजेश रानामगरले खोजतलासको लागि निवेदन दिएका थिए। प्रहरीले उक्त मोटरसाइकलको चालक तथा पछाडी सवार व्यक्ति खोजतलास गर्दै जाने क्रममा चैत १९ गते भक्तपुर कमलविनायक सडकखण्डमा पछाडी सवार दर्लामीलाई पक्राउ गरेको हो। पक्राउ परेका दर्लामी उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भैंसेपाटीस्थित मन्त्री क्वाटरको पश्चिमतर्फ ११ मिटर बाटो सुनिश्चित गर्न रास्वपाको माग
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
प्रधानमन्त्री ओली भन्छन्- एमालेमाथि हमला भयो, अब चुनावमा जवाफ दिन्छौँ
भानुआटुमा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो, २ सय जना घाइते
मकवानपुरमा ६५ वर्षीय पुरुष मृ*त अवस्थामा फेला
मधेस प्रदेशसभा अधिवेशन अन्त्य
कुशल मल्लले छक्का हानेको बल लागेर चियर लिडर घाइते
भूमिसम्बन्धी विधेयक भूमिहिनलाई औजार बनाएर चुनावमा मत बटुल्ने प्रयोजन होः सांसद गौतम
सीताराम विवाहपञ्चमी महोत्सवको: आज मटकोर र आइतबार विवाह
यस्तो छ तपाइको आजको राशिफल