लुम्बिनीमा उपकुलपति अन्तरराष्ट्रिय सम्मेलन हुँदै

nepaltathya_news nepaltathya_news
|
मंगलबार, चैत्र १९, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •     १९ चैत , लुम्बिनी ।
  • लुम्बिनी बौद्ध विश्वविद्यालयले यही चैत २० र २१ गते लुम्बिनीमा अन्तरराष्ट्रिय उपकुलपति सम्मेलन आयोजना गर्दै छ ।
  • विश्वविद्यालय अनुदान आयोगको सहयोग तथा ग्लोबल युनिभर्सिटी नेटवर्कको सहकार्यमा भोलिदेखि हुने दुईदिने उपकुलपति सम्मेलन लुम्बिनीस्थित बौद्ध विश्वविद्यालयमा हुनेछ ।

 

  १९ चैत , लुम्बिनी ।

लुम्बिनी बौद्ध विश्वविद्यालयले यही चैत २० र २१ गते लुम्बिनीमा अन्तरराष्ट्रिय उपकुलपति सम्मेलन आयोजना गर्दै छ । विश्वविद्यालय अनुदान आयोगको सहयोग तथा ग्लोबल युनिभर्सिटी नेटवर्कको सहकार्यमा भोलिदेखि हुने दुईदिने उपकुलपति सम्मेलन लुम्बिनीस्थित बौद्ध विश्वविद्यालयमा हुनेछ ।

सम्मेलनमा बौद्ध धर्म तथा दर्शन, प्राज्ञिक मूल्यमान्यता, विद्यमान अवस्थामा उच्च शिक्षाको चुनौती र अवसरलगायत समसामयिक विषयमा छलफल तथा विचारविर्मश हुने बौद्ध विश्वविद्यालयलले जनाएको छ । सोही अवसरमा १८औँ ‘न्युज सम्मेलन’ समेत आयोजना हुने बताइएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्यले सम्मेलनका अवसरमा उच्च शिक्षामा बौद्ध दर्शन, प्राज्ञिक नेतृत्वमा बौद्ध दर्शन र नैतिकता, चौथो औद्योगिक क्रान्तिमा उच्च शिक्षाको अन्तरराष्ट्रियकरण, नेपालमा उच्च शिक्षाका चुनौती र अवसरलगायत विषयमा छलफल तथा बहस केन्द्रित हुने जानकारी दिए ।

सम्मेलनमा मानव संसाधन व्यवस्थापनमा बौद्ध दर्शनको उपयोग, श्रमबजारमा कृत्रिम बौद्धिकता (एआई)को प्रयोग, उच्च शिक्षाका लागि क्षेत्रीय सहयोग र सञ्जाल निर्माण तथा मानव संसाधन व्यवस्थापनमा संस्थागत भूमिलगायत विषयमा २४ वटा कार्यपत्र प्रस्तुत हुने बताइएको छ । यसैगरी, नेपालबाहेक ११ देशका अध्येताहरुले समेत सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्नुहुने सो विश्वविद्यालयले जनाएको छ । उपकुलपति सम्मेलनमा नेपालसहित भारत तथा जापानस्थित विभिन्न विश्वविद्यालयका उपकुलपतिहरुको सहभागिता रहनेछ । यसैगरी, नेपालस्थित विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, मध्यपश्चिम विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, राजर्षिजनक विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, नेपाल विश्वविद्यालय, विदुषी योगमाया हिमालय आयुर्वेद विश्वविद्यालयका उपकुलपतिको सहभागिता रहनेछ ।

त्यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको पनि सम्मेलनमा सहभागिता हुने बताएको छ । लुम्बिनी प्राविधिक विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, मधेस विश्वविद्यालयका उपकुलपति तथा नेपाल संस्कृत विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार समेत सो अवसरमा सहभागी हुने आयोजकले जनाएको छ । त्यस्तै, सम्मेलनमा लुम्बिनी बौद्ध विश्वविद्यालयसहित अन्य विश्वविद्यालयका पूर्वउपकुलपतिहरुलाई समेत आमन्त्रण गरिएको छ । उपकुलपति सम्मेलनमा बौद्ध शिक्षाको विश्वव्यापीकरण तथा उच्च शिक्षाका चुनौती र अवसरका विषयमा हुने छलफलबाट प्राप्त निष्कर्षलाई लुम्बिनी घोषणापत्रका रुपमा सार्वजनिक गरिने लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यले बताए ।

उपकुलपति सम्मेलनमा एकै चरणमा तीन सत्रमा छलफल हुने कार्यक्रम छ । ‘चौथो औद्योगिक क्रान्तिका लागि उच्च शिक्षाः वैश्विक गतिशीलता, बौद्ध ज्ञान र शैक्षिक सहकार्य’, ‘नेपालमा उच्च शिक्षाका चुनौती र अवसरः वैश्विक गतिशीलता, बौद्ध ज्ञान र शैक्षिक उत्कृष्टताको समावेश’ र ‘नेपालमा वैकल्पिक चिकित्सा प्रवद्र्धनः दिगो विकास लक्ष्यसँगको सहकार्य’ विषयक कार्यपत्र प्रस्तुत भई विचार–विमर्श हुने विश्वविद्यालयले जनाएको छ । उपकुलपति सम्मेलनमा बिहान ९ः०० देखि साँझ ५ः०० बजेसम्म विषयगत सत्रहरु सञ्चालन हुने अन्तरराष्ट्रिय सम्बन्ध केन्द्रका संयोजक राजेन्द्र घिमिरेले जानकारी दिए ।

उद्घाटन सत्रमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीसहित सङ्घीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारका प्रतिनिधि, व्यावसायिक सङ्घ÷संस्थाका प्रतिनिधि, शैक्षिक संस्थाका प्रमुख, अध्येता तथा अनुसन्धानकर्ताहरुको सहभागिता रहने जनाइएको छ । सम्मेलनमा नेपाल, कम्बोडिया, चीन, जर्मनी, भारत, जापान, लाओस्, म्यान्मार, श्रीलङ्का, थाइल्याण्ड र भियतनामका विज्ञ तथा अध्येताहरुको सहभागिता रहने लुम्बिनी बौद्ध विश्वविद्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेशको राजनीतिक अवस्थाका कारण संघीयतामाथि प्रश्न उठ्यो : खगराज अधिकारी
मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको मटिहानीमा
प्राध्यापक विष्टको हत्या आरोपी खड्का पक्राउ
आर्थिक सर्वेक्षण संसद्‍मा पेस, आर्थिक वृद्धिदर ४.६१ प्रतिशत
विमान दुर्घटना : मृतकको शव आफन्तले ३ दिनपछि पाउने
सुर्यविनायकमा चिडियाखाना निर्माणको काम चाँडै सुरु हुन्छ :मन्त्री चौलागाईँ
अदालतमा रवीन्द्रले स्वीकारे- आँखै अघि अश्रुग्यास खसेपछि आवेगमा आएँ
सर्लाहीमा मोटरसाइकल र ट्याङ्कर ठोक्किँदा एक जनाको मृ*त्यु
चीनले हरित ऊर्जातर्फको रूपान्तरणलाई गति दिएसँगै ऊर्जा भण्डारण बजारमा तीव्र वृद्धि
राष्ट्रपतिबाट कैद मिनाहा पाएको ५ महिनामा अपहरणको धम्की दिएपछि फेरि पक्राउ