सांसदका सुझाव कार्यान्वयन गर्न सरकारलाई राष्ट्रिय सभा अध्यक्षको निर्देशन

nepaltathya_news nepaltathya_news
|
बुधबार, चैत्र ७, २०८०
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • ७ चैत,काठमाडौँ ।
  • राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सांसदहरुले दिएका सुझावहरुलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएका छन् ।
  • बुधवारको राष्ट्रिय सभा बैठकमा उनले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० मा समावेश भएका सुझावहरुलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न निर्देशन  दिए ।

७ चैत,काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सांसदहरुले दिएका सुझावहरुलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएका छन् ।

बुधवारको राष्ट्रिय सभा बैठकमा उनले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० मा समावेश भएका सुझावहरुलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न निर्देशन  दिए । राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० माथिको छलफलमा सांसदहरुले उठाएका प्रश्न र वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीको जवाफपछि यस्तो निर्देशन दिएका हुन् ।  प्रतिवेदनका सम्बन्धमा सदस्यहरुले छलफलमा उठाएका विषयहरु र सो सम्बन्धमा न्त्रीले जवाफका सिलसिलामा व्यक्त गर्नुभएका विचारलाई प्राथमिकतामा राखेर कार्यान्वयनमा जानुपर्ने बताए ।

उनले भने, ‘मान्य सदस्यहरु, प्रतिवेदनका सम्बन्धमा मान्य सदस्यहरुले छलफलमा उठाएका विषयहरु र सो सम्बन्धमा माननीय मन्त्रीले जवाफका सिलसिलामा व्यक्त गर्नुभएका विचार समेतका आधारमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० मा समावेश भएका सुझावहरुलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देशन गर्दछु ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा बैठक बस्दै,सांसदको प्रश्नमा सम्बन्धित मन्त्रीहरुले जवाफ दिँदै
एनपीएल राष्ट्रिय गौरवको विषय हो, रोकिन हुँदैन: प्रधानमन्त्री
नक्कली कागजात बनाएर वन फडानी गर्ने पक्राउ
कुलमानले पाएनन् अन्तरिम आदेश, हितेन्द्रदेवले निरन्तर काम गर्न पाउने
गुल्मीमा जीप दुर्घटना : १४ जना घाईते मध्ये तीन जनाको अवस्था गम्भीर
दोहोरो अंकले घटेर बन्द भयो सेयर बजार
बालेन र सुदनविरुद्ध अर्को जाहेरी, प्रहरीले आयोगमा पठाउने
ट्रम्पले बोलाए मस्कसहितको पहिलो मन्त्रिपरिषद बैठक
साउन महिनामा ५९ हजार नेपाली वैदेशिक रोजगारीमा गए
कतारमा भएका प्रेमीलाई बोलाइन्, अनि श्रीमान्‌सँग मिलेर गरिन् हत्या: