टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, चैत्र ३०, २०८०
|
|
१३ पटक हेरिएको
Shares

सारांश

  • ३० चैत, जनकपुरधाम ।
  • धनुषामा टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा सिरहाको गोलबजार नगरपालिका ६ बस्ने ४२ वर्षीय इन्द्रदेव यादव छन् ।

३० चैत, जनकपुरधाम । धनुषामा टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिरहाको गोलबजार नगरपालिका ६ बस्ने ४२ वर्षीय इन्द्रदेव यादव छन् । धनुषा प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार बिहीबार अपराह्न धनुषाको धनुषाधाम नगरपालिका ३ स्थित पुरनदाहाबाट धारापानी तर्फ जाँदै गरेको ना ७ ख १६६८ नम्बरको टिपरमा सोही दिशातर्फ जाँदै गरेको प्रदेश २–०१–००३ प ३८२२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

गम्भीर घाइते भएका मोटरसाइकल चालक यादवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा साँझ करिब ७ बजे मृत्यु भएको डिएसपी अवाले बताए । टिपर र टिपर चालक उदयपुरको कटारी नगरपालिका ५० चेतकुमार श्रेष्ठलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भागिरहेका थुनुवालाई समात्न खोज्दा भिरबाट लडेका प्रहरीको मृत्यु
दार्चुलामा दुई लाख रुपैयाँसहित ८ जना जुवाडे पक्राउ
विदेशी बैंकमा सरकारको शेयर लगानी ११ अर्ब ५२ करोड
जुम्लामा डढेलो निभाउन गएका ८१ वर्षीय वृद्धको आगोमा जलेर मृत्यु
रविविरुद्ध मुद्दा दर्ताको अन्तिम तयारी
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा
रविलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने सरकारी वकिलको माग
वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा तीन जना पक्राउ
स्कुल बसको ठक्करले तीन वर्षीया बालिकाको मृत्यु
बुटवलबाट गुल्मी जाँदै गरेको ईभी गाडी दुर्घटना, ३ जना यात्रु गम्भीर घाइते