इजरायली हवाई आक्रमणमा ९ सय जनाको मृत्यु, युद्धविराम तोडिएपछि गाजामा हिंसा तीव्र

nepaltathya_news nepaltathya_news
|
शनिबार, चैत्र १६, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   जेरुसेलम — इजरायलले गाजामा सुरु गरेको पछिल्लो हवाई आक्रमणमा हालसम्म करिब ९ सय जनाको मृत्यु भएको छ ।
  • गाजाको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार मार्च १८ देखि हालसम्म इजरायली आक्रमणमा ८९६ जनाको मृत्यु भएको हो ।
  • यस्तै आक्रमणमा एक हजार ९८४ जना घाइते भएका छन् ।

 

जेरुसेलम — इजरायलले गाजामा सुरु गरेको पछिल्लो हवाई आक्रमणमा हालसम्म करिब ९ सय जनाको मृत्यु भएको छ । गाजाको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार मार्च १८ देखि हालसम्म इजरायली आक्रमणमा ८९६ जनाको मृत्यु भएको हो । यस्तै आक्रमणमा एक हजार ९८४ जना घाइते भएका छन् ।

यसैबीच इजरायलले नोभेम्बरमा हिजबुल्लाहसँग भएको युद्धविरामपछि पहिलो पटक बेरुतमा बमबारी गरेको छ । दक्षिणी लेबनानमा जारी आक्रमणमा दुई जना घाइते भएको जनाइएको छ । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (WFP) ले इजरायली नाकाबन्दीका कारण गाजामा तीन हप्ताभन्दा बढी समयदेखि मानवीय सहायता र खाद्य सामग्री आपूर्ति अवरुद्ध हुँदा हजारौं प्यालेस्टिनी भोकमरी र कुपोषणको चपेटामा परेको चेतावनी दिएको छ ।

इजरायल–गाजा युद्ध सुरु भएयता हालसम्म इजरायली आक्रमणमा परी ५० हजार २०८ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने १ लाख १३ हजार ९१० घाइते भएका छन् । गाजाको सरकारी सञ्चार कार्यालयले मृतकको संख्या ६१ हजार ७ सय नाघेको दाबी गरेको छ । भग्नावशेषमा पुरिएका हजारौं व्यक्ति अझै बेपत्ता रहेको अनुमान गरिएको छ। इजरायलमा भने २०२३ अक्टोबर ७ मा हमासको आक्रमणमा परी कम्तीमा १ हवार १३९ जनाको मृत्यु भएको थियो । सो घटनामा २०० भन्दा बढी मानिस अपहरणमा परेका थिए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?