ललितपुरमा खुकुरी प्रहार गरेर युवकको हत्या

nepaltathya_news nepaltathya_news
|
बिहिबार, चैत्र १४, २०८१
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  •    १४ चैत , काठमाडौँ ।
  •  ललितपुरको इमाडोल स्थित ओचुहाइटमा एकजना युवकको हत्या भएको छ ।
  • रामेछाप घर भएर महालक्ष्मी नगरपालिका–४ ओचुहाइट बस्ने ३० वर्षीय रिपक खातीको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मीले बताए ।

 

 १४ चैत , काठमाडौँ ।

 ललितपुरको इमाडोल स्थित ओचुहाइटमा एकजना युवकको हत्या भएको छ । रामेछाप घर भएर महालक्ष्मी नगरपालिका–४ ओचुहाइट बस्ने ३० वर्षीय रिपक खातीको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मीले बताए ।

गएराति पौने १ बजेतिर रामेछाप घर भएका सुमन रसाइलीले उनलाई खुकुरी प्रहार गरेर हत्या गरेका हुन् । हत्यामा संलग्न २५ वर्षीय रसाइलीलाई पक्राउ गरिएको एसपी रेग्मीले जानकारी दिए । आपसमा विवाद हुँदा आरोपीले खुकुरी प्रहार गरेका हुन् । मृतकको घाँटीको दुवै भाग र गालामा चोट देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अपाङ्गता भएकाहरूलाई हरेक क्षेत्रमा सबल बनाउन शिक्षा अपरिहार्य छः मन्त्री पन्त
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
सरकारले आज सहसचिवहरूको हेरफेर गर्दै
आज कोशी प्रदेशमा भारी वर्षाको सम्भावना
प्रधानमन्त्रीलाई चिनियाँ राजदूतको बधाई
हमासले सार्वजनिक गरे ४८ बन्दीहरूको ‘बिदाइ तस्वीर’ जसमा नेपालका विपिन जोशी पनि
नेपालले टस हारेर ब्याटिङ गर्दै, नेपाली टोलीमा एक परिवर्तन
लाइन काटेपछि धमाधम विद्युत् महसुल बुझाउँदै उपभोक्ता
इलाम – २ उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै
विधायन व्यवस्थापन समितिको बैठक बस्दै, निजामती सेवा विधेयकमाथि छलफल हुने