सशस्त्र एआईजी गौतम आजदेखि अवकाशमा जाँदै

nepaltathya_news nepaltathya_news
|
मंगलबार, बैशाख २, २०८२
|
|
२ पटक हेरिएको
Shares

सारांश

  •   २ वैशाख, काठमाडौं ।
  • सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश (सीपी) गौतम आज रातिदेखि अनिवार्य अवकाशमा जाँदैछन् ।
  • सशस्त्र प्रहरी नियमावलीमा उल्लेख भएको ३० वर्षे सेवा अवधिका कारण उनी मंगलबार राति १२ बजेदेखि अनिवार्य अवकाशमा जान लागेका हुन् ।

 

२ वैशाख, काठमाडौं ।

सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश (सीपी) गौतम आज रातिदेखि अनिवार्य अवकाशमा जाँदैछन् । सशस्त्र प्रहरी नियमावलीमा उल्लेख भएको ३० वर्षे सेवा अवधिका कारण उनी मंगलबार राति १२ बजेदेखि अनिवार्य अवकाशमा जान लागेका हुन् । अवकाशमा जान लागेका गौतमको आजै दिउँसो ३ बजे सशस्त्र प्रहरी हेडक्वाटरले बिदाइ समेत गर्दैछ ।उनी पछिल्लो समय सीमा सुरक्षा विभागको प्रमुखको रुपमा कार्यरत थिए ।

२०५२ वैशाख ३ मा उनी नेपाल आर्मीमा भर्ना भएका थिए । सशस्त्र प्रहरी गठन हुने भएपछि उनी २०५८ सालमा सशस्त्र प्रहरीमा स्थानान्तरण भएर आएका थिए । उनी अवकाशमा जाने भएसँगै सशस्त्रमा रिक्त हुने एक एआईजी पदमा बढुवा हुने बाटो खुलेको छ । त्यसका लागि केही समय अघि मात्रै डीआईजीको पदावधि थपिएका डीआईजीहरु कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी प्रतिस्पर्धामा छन् । उनीहरुसँगै सि. सं १ का टोलीहरु पनि एआईजीको प्रतिस्पर्धामा छन् । रिक्त एक एआईजीमा बढुवा हुने व्यक्ति भावि सशस्त्र प्रहरी प्रमुखको मुख्य दाबेदार हुने भएकाले पनि यो बढुवा निकै पेचिलो हुने देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?