विकासको गतिमा देश अगाडि बढेको छ : प्रधानमन्त्री

nepaltathya_news nepaltathya_news
|
आइतबार, चैत्र १०, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • १० चैत, काठमाडौँ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सयम परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताउनुुभएको छ ।
  •     राष्ट्रिय युवा सङ्घ नेपालले आज यहाँ आयोजना गरेको ‘टुुगेदर फर टुमरो ः युुथ एण्ड द प्राइमिनिस्टर’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुुभयो, “समस्या छन्, तिनको कारण छ र समाधान पनि छ भन्दै त्यसतर्फ सरकारले काम अगाडि बढाएको छ ।

१० चैत, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सयम परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताउनुुभएको छ ।    राष्ट्रिय युवा सङ्घ नेपालले आज यहाँ आयोजना गरेको ‘टुुगेदर फर टुमरो ः युुथ एण्ड द प्राइमिनिस्टर’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुुभयो, “समस्या छन्, तिनको कारण छ र समाधान पनि छ भन्दै त्यसतर्फ सरकारले काम अगाडि बढाएको छ ।” उहाँले आफूले नै डिजिटल नेपालको नारा दिएको र त्यसले प्रविधिको क्षेत्रमा ठूलो परिवर्तन ल्याएको बताउनुभयो ।


“हामीले थुप्रै मेडिकल कलेज बनायौँ, प्रत्येक पालिकामा आधारभूत तहका अस्पताल बनाउने भनेर अगाडि बढायौँ । कतिपय बनिसकेका छन् भने कति तयार हुने क्रममा छन् । त्यसले नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउने छ । सरकार शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर अगाडि बढेको छ”, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “हाम्रा छोरीहरुले विशेषज्ञ चिकित्सको सपना देख्नुुभएको छ, त्यो बन्ने प्रतिक्षामा हुनुहुन्छ, कतिले अहिले विशेषज्ञ भएर सेवा गरिरहनुुभएको छ, यो अहिलेको समयको उपलब्धि हो ।”

प्रधानमन्त्री ओलीले उद्यमशीलताबाट मात्रै रोजगारीका अवसर सिर्जना तथा कृषिको आधुनिकीकरणबाट मात्रै उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिने भएकाले त्यसमा लाग्न आग्रह गर्नुभयो । “हामी भावनात्मक ढङ्गले चल्नुु हुँदैन, अहिले जति पनि समस्या छन्, ती विकासको गतिसँगै आएका हुन् । त्यसलाई व्यवस्थित गरी हामी अगाडि बढ्नुुपर्छ”, उहाँले भन्नुभयो ।


कार्यक्रमा चिकित्सा, कानुन, विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बद्ध करिब एक सय ४० युवाको सहभागिता थियो । उनीहरुले आ–आफ्नो क्षेत्रको अवस्था र समस्या राखेका थिए । प्रधानमन्त्री ओलीले आफ्नो क्षेत्रमा केन्द्रित भएर ठोस् रुपमा प्रतिवेदन ल्याउन आग्रह गर्नुभयो । त्यसलाई सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा समेटेर लैजाने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

(रासस)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्यटक र पूर्वाधारका पर्खाइमा छहरे झरना
बूढानीलकण्ठ क्षेत्रमा १ सय ८१ वटा सीसी क्यामरा जडान, उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी गर्ने
सुहाङ नेम्वाङले आज सांसदको सपथ लिँदै
आठ महिनामा १४ खर्ब ८० अर्बको वैदेशिक व्यापार, ११ खर्ब व्यापार घाटा
मानव स्रोत विकास परियोजना कार्यान्वयन गर्न जापानले नेपाललाई दियो ५३ करोड ७० लाख अनुदान
बलात्कार मुद्दाका थुनुवा पाटन अस्पतालबाट फरार
आयोगमा पुगेर उज्यालो पार्टीका नेताले भने- भोलिबारे थाहा छैन, आज एक्लै अघि बढ्यौं
कुष्ठरोग प्रभावितप्रति राज्यले पर्याप्त काम गर्न सकेन : मन्त्री सिन्हा
प्रहरीले माग्यो जेनजी आन्दोलनको तस्विर र भिडियो
कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का