बरहथवामा प्रहरीकै अगाडि स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास, प्रहरी मूकदर्शक

nepaltathya_news nepaltathya_news
|
शनिबार, चैत्र ९, २०८१
|
|
१ पटक हेरिएको
Shares

सारांश

  • लक्ष्मण यादव ९ चैत, सर्लाही ।
  • सर्लाहीको बरहथवामा प्रहरीकै अगाडि स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास भएको छ ।
  • बरहथवा बजारस्थित सर्लाही गोल्डेन हस्पिटलका स्वास्थ्यकर्मीमाथी शुक्रबार राती एकजना एम्बुलेन्स चालक र ऊनी संगै आएका अर्का एकजनाले गाली गलौज गर्दै आक्रमणको प्रयास गरेका छन् ।

लक्ष्मण यादव

९ चैत, सर्लाही । सर्लाहीको बरहथवामा प्रहरीकै अगाडि स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास भएको छ । बरहथवा बजारस्थित सर्लाही गोल्डेन हस्पिटलका स्वास्थ्यकर्मीमाथी शुक्रबार राती एकजना एम्बुलेन्स चालक र ऊनी संगै आएका अर्का एकजनाले गाली गलौज गर्दै आक्रमणको प्रयास गरेका छन् । हस्पिटलका संचालक दिपेश यादवले आफू बिरगंज रहेको बेला स्थानीय एम्बुलेन्स चालक बिक्की यादव र उनी संगै आएका अर्का एकजनाले ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथी अभद्र व्यवहार गर्दै हेल्मेटको प्रयोग गरि आक्रमण गर्ने प्रयास गरेको बताए ।

उनले भने, `शुक्रबार राती ९ बजे बिक्कीले आफ्नो एम्बुलेन्स लिएर मेरो हस्पिटल आए र आफ्नो हस्पिटलमा उपचाररत रहेका बिरामीलाई जबर्जस्ति बिरगंज पुर्‍याइदिने भन्दै स्वास्थ्यकर्मीसंग विवाद गर्न थाले । विवाद भएको खबर पाउनासाथ आफुले नजिकै रहेको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी गौतम थापालाई फोन गरे । तर, डिएसपी थापाले विवाद समाधान गर्न प्रहरी पठाउनुको साटो प्रहरीलाई निन्द्रा लाग्दैन, तिमीहरु एकअर्काको टाउको फुटाएर प्रहरीकहाँ आउ भन्दै उल्टै आफुलाई नै थर्काए।´

राति ९ बजेदेखि सुरु भएको विवाद २ बजेसम्म चल्यो पछि प्रहरी पनि आयो तर, प्रहरीकै अगाडी गुड्डु र उनका साथिले ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथी अभद्र व्यवहार र हेल्मेट प्रहारको प्रयास गरिरहेपनि प्रहरी मुखदर्शक बनिरहे । अन्ततः प्रहरीले उनीहरुलाई पक्राउ पनि नगरेको हस्पिटलका संचालक दिपेश यादवले गुनासो गरे । एम्बुलेन्स चालक गुड्डु र उनका साथिले गरेको अभद्र व्यबहार र स्वास्थ्यकर्मीमाथी आक्रमणको प्रयासको भिडियो सिसिटिभी क्यामेरामा रेकर्ड छ ।

हस्पिटलका संचालन दिपेशका अनुसार एम्बुलेन्स चालक गुड्डुले आफ्नो हस्पिटलमा भिडभाड देखेपछि एम्बुलेन्स लिएर आउने र बिरामीलाई फकाइफुलाइ एम्बुलेन्समा बोकेर बिरगंजको हस्पिटलमा पठाउने र संबंधित हस्पिटलका संचालकसंग कमिसन लिने काम गर्दैआएका छन् । स्थानीय एम्बुलेन्स चालक गुड्डु यादवसंग विवाद बारे जानकारी लिन खोज्दा आफू फोनमा केही पनि नभन्ने बताए । इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक डिएसपी गौतम थापाले यो कुनै ठुलो घटना नभएको बताउदै दुबै पक्षलाई छलफलका कार्यालयमा बोलाइएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यालय शिक्षा विधेयक सरकारकै कारण रोकियो : प्रचण्ड
मस्कोमा भएको बम विस्फोटमा रुसी जनरलसहित दुई जनाको मृत्यु
सविना मास्केलाई नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्‍मेवारी
विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै
नारायणगढ–बुटवल सडक विस्तारः दाउन्ने खण्ड चार घण्टा बन्द
प्रदेश सांसद गुरुङले बेलायतबाट पठाएको राजीनामा अस्वीकृत, स्वयम् उपस्थित हुन निर्देशन
राजावादीको लुटपाट, तोडफोडमा भाटभटेनीको क्षति मूल्याङ्कन ८० लाख ३३ हजार
पोखरामा नगर बस दुर्घटना, २३ जना घाइते
लुम्बिनी प्रदेश सरकारमा तीन मन्त्रीले लिए शपथ
भारतीय अभिनेत्री शिल्पा शेट्टीविरुद्ध ६० करोड ठगीको आरोप, घन्टौं लिइयो बयान