काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहर

nepaltathya_news nepaltathya_news
|
सोमबार, फाल्गुन २६, २०८१
|
|
५ पटक हेरिएको
Shares

सारांश

  •   २६ फागुन, काठमाडौँ ।
  • काठमाडौँ उपत्यकाको वायु अस्वस्थकर देखिएको छ ।
  • आज वायु प्रदूषण मापनमा काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहर भएकाे छ ।

 

२६ फागुन, काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु अस्वस्थकर देखिएको छ । आज वायु प्रदूषण मापनमा काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहर भएकाे छ । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज काठमाडौँ उपत्यका वायु प्रदूषणमा विश्वकै तेस्रो स्थानमा देखिएको हो । आज विश्वकै प्रदूषित सहरको पहिलो सूचीमा भियतनामको हनोई छ भने दोस्रो स्थानमा भारतको राजधानी नयाँ दिल्ली छ ।

इन्डेक्सका अनुसार आज काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई १९७ छ । आज विश्वकै प्रदूषित सहरको पहिलो सूचीमा भियतनामको हनोई एक्यूआई २३८ रहेको छ भने दोस्रो स्थानमा भारतको राजधानी नयाँ दिल्लीको एक्यूआई २०२ छ ।  विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को वायु गुणस्तर मापदण्डअनुसार एक्यूआई ५० सम्मको वायु ‘स्वस्थकर’ हुन्छ ।  एक्यूआई १०१ देखि १५० ‘अस्वस्थ कर’ हुन्छ । यस्तै, एक्यूआई  २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थ कर’ र त्यो भन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?