काठमाडौँ महानगरलाई राप्रपाले तिर्‍यो एक लाख जरिवाना

nepaltathya_news nepaltathya_news
|
सोमबार, फाल्गुन २६, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   २६ फागुन, राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँ महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना तिरेको छ।
  •  राप्रपाका संसदीय दलका प्रमुख सचेतकसमेत रहेका ज्ञानेन्द्रबहादुर शाहीले महानगरको खातामा एक लाख रुपैयाँ महानगरको खातामा दाखिला गरेको जानकारी दिए।
  • ‘हामी राप्रपा सुशासन मान्छौँ र विधिको शासन मान्छौँ राजाको स्वागतमा आएका लाखौँ आमाबुवा दाजुभाई बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौँ,’ उनले भने, ‘एक लाख रुपैयाँ हामीले काठमाडौँ महानगरपालिकाको खातामा दाखिला गरेका छौँ।

 

२६ फागुन, राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँ महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना तिरेको छ। राप्रपाका संसदीय दलका प्रमुख सचेतकसमेत रहेका ज्ञानेन्द्रबहादुर शाहीले महानगरको खातामा एक लाख रुपैयाँ महानगरको खातामा दाखिला गरेको जानकारी दिए।

‘हामी राप्रपा सुशासन मान्छौँ र विधिको शासन मान्छौँ राजाको स्वागतमा आएका लाखौँ आमाबुवा दाजुभाई बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौँ,’ उनले भने, ‘एक लाख रुपैयाँ हामीले काठमाडौँ महानगरपालिकाको खातामा दाखिला गरेका छौँ।’ आइतबार पूर्वराजा ज्ञानेन्द्र शाही पोखराबाट काठमाडौँ फिर्ता हुँदा स्वागतका लागि राप्रपासहितका राजावादीहरूले काठमाडौँमा प्रदर्शन गरेका थिए। उक्त प्रदर्शनका क्रममा महानगरभित्र फोहोर भएको भन्दै काठमाडौँ महानगरले एक लाख रुपैयाँ जरिवाना तिराएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?