वुमन्स डे कपको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्दै

nepaltathya_news nepaltathya_news
|
शनिबार, फाल्गुन २४, २०८१
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  •   २४ फागुन, काठमाडौं ।
  • अन्तर्राष्ट्रिय महिला दिवसकै दिन पारेर आजदेखि युगाण्डामा चार देश सम्मिलित वुमन्स डे कप सुरु हुँदै छ ।
  • युगाण्डा, नेपाल, नामिबिया र हङकङ सम्मिलित टी-२०आई शृंखलामा आज दुई खेल हुँदै छन् ।

 

२४ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसकै दिन पारेर आजदेखि युगाण्डामा चार देश सम्मिलित वुमन्स डे कप सुरु हुँदै छ । युगाण्डा, नेपाल, नामिबिया र हङकङ सम्मिलित टी-२०आई शृंखलामा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा युगाण्डा र हङकङ खेल्दै छन् । दोस्रो खेलमा नेपाल र नामिबिया खेल्ने छन् । नेपालको खेल अपराह्न पौने ५ बजेदेखि सुरु हुनेछ ।

नेपालले महिला क्रिकेटमा पहिलोपटक नामिबियासँग खेल्न लागेको हो । यस शृंखलामा खेल्ने अन्य टोलीहरूसँग भने नेपाल पहिले पनि खेलिसकेको छ । आईसीसीको महिला टी-२०आई वरियतामा नेपाल २१औं, हङकङ २२औं, युगाण्डा १८औं र नामिबिया १७औं स्थानमा छन् । नेपालले फागुन २५ मा युगाण्डासँग, फागुन २६ मा हङकङसँग खेल्ने छ । त्यस्तै फागुन २८ मा नामिबियासँग, २९ मा युगाण्डासँग र ३० मा हङकङसँग खेल्ने छ ।

यी सबै खेलहरू सकिएपछि चारमध्ये शीर्ष २ मा हुने टोलीले फाइनल खेल्ने छन् भने बाँकी दुई टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालको टोली : इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, सना प्रवीन, रोमा थापा, राजमती ऐरी, रचना चौधरी र ईश्‍वरी विष्ट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुम्बिनीका ६ जिल्लामा आज सार्वजनिक बिदा
काठमाडौँसहित ३७ जिल्लामा बाढीको जोखिम, सिन्धुपाल्चोकसमेत १८ वटामा ‘एल्लो वारेन्ट’
क्यान्सर अस्पतालमा बिरामीकाे मृत्यु भएपछि दुई नर्स निलम्बित
राजावादी समूह आक्रामक हुँदै गएपछि प्रचण्डले बोलाए पदाधिकारी बैठक
रास्वपा प्रदेश सभा खारेजीको पक्षमा छः मनिष झा
टोपबहादुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश सदर
युएईविरुद्ध कप्तान देव खनालको शतक
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् रुद्राभिषेक पूजा 
जेन-जी आन्दोलनमा गएका हुम्लाका थुक्तेन तामाङ ११ दिनदेखि बेपत्ता