फागुन महिनामा अब राष्ट्रिय सभाका तीनवटा मात्रै बैठक बस्ने

nepaltathya_news nepaltathya_news
|
मंगलबार, फाल्गुन २०, २०८१
|
|
१६ पटक हेरिएको
Shares

सारांश

  •   २० फागुन, काठमाडौं ।
  • फागुन महिनामा अब राष्ट्रिय सभाका तीन वटा मात्रै बैठक बस्ने भएको छ ।
  • राष्ट्रिय सभाको सचिवालयले हालै फागुन २९ गतेसम्मको संसदीय क्यालेन्डर सार्वजनिक गरेको छ ।

 

२० फागुन, काठमाडौं । फागुन महिनामा अब राष्ट्रिय सभाका तीन वटा मात्रै बैठक बस्ने भएको छ । राष्ट्रिय सभाको सचिवालयले हालै फागुन २९ गतेसम्मको संसदीय क्यालेन्डर सार्वजनिक गरेको छ । यसअघि यही फागुन १८ गते राष्ट्रिय सभाको बैठक क्यालेन्डरबिनै बसेको थियो । अब अर्को बैठक फागुन २२ गते बस्दैछ ।

सार्वजनिक क्यालेन्डर अनुसार फागुन २२, २३ र २५ गते राष्ट्रिय सभाको बैठक बस्नेछ । त्यसपछि अर्को बैठक चैत महिना लागेपछि मात्रै बस्नेछ । २२ गते संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र स्वास्थ्य तथा जनंख्यामन्त्री प्रदीप पौडेलसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने तालिका छ । त्यसदिन दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन २०८० माथि छलफल गर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन पेस गर्ने कार्यक्रम पनि छ ।

२३ गते कृषि तथा पशुपन्छी मन्त्रालय र युवा तथा खेलकुद मन्त्रीसँग प्रश्नोत्तर हुनेछ । त्यसदन सामाजिक सञ्जाल विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने कार्यक्रम छ । प्रतिनिधि सभाबाट पारित भएर गएको बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन विधेयक) माथि दफावार छलफलको निर्णय पनि त्यस दिन सभाले गर्नेछ । त्यसदिन सभामा राष्ट्रिय सुरक्षा परिषदको आर्थिक वर्ष २०७९/०८० को छैटौं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम पनि छ । २५ गते राष्ट्रिय सभामा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकमाथि दफावार छलफलको निर्णय हुनेछ । विधायन व्यवस्थाको प्रतिवेदनसहित तिलगंगा नेत्र विश्व विद्यालय विधेयकमाथि छलफल र पारित गर्ने कार्यसूची पनि त्यस दिनका लागि राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिविका उपकुलपतिको राजीनामा स्वीकृत
सर्लाहीको बरहथवामा ट्याक्टर पल्टिँदा एकको को मृत्यु, एकै परिवारका ४ जना घाइते
ट्रम्पको युद्धविराम योजना लागू भए विपिनको अवस्था सार्वजनिक हुने
नक्कली मेडिकल रिपोर्ट रोक्न स्वास्थ्य परीक्षणलाई डिजिटलाइजमा लैजाने श्रमको तयारी
करदाता सेवा कार्यालय खारेजीविरुद्ध प्रशासन कार्यालय अगाडि धर्ना
सर्लाही- ४ मा पछि परे गगन, अमरेशले लिए अग्रता
मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो, करिब चार घण्टा यातायात अवरुद्ध
पाकिस्तानको आक्रमणमा भारतका २ सैनिक र १ प्रहरी मारिए
ताप्लेजुङमा बाढीपहिरोबाट ८१ परिवार विस्थापित
माग पूरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरूको चेतावनी