कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज युवा भेला गर्दै

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, कार्तिक २८, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • २८ कात्तिक, काठमाडौं ।
  • नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले युवा भेला आह्वान गरेको छ ।
  • विशेष महाधिवेशनका लागि पार्टीमा हस्ताक्षर बुझाएको समूहले आज (शुक्रबार) नयाँ बानेश्वरमा महिला भेला गर्न लागेको हो ।

२८ कात्तिक, काठमाडौं ।

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले युवा भेला आह्वान गरेको छ । विशेष महाधिवेशनका लागि पार्टीमा हस्ताक्षर बुझाएको समूहले आज (शुक्रबार) नयाँ बानेश्वरमा महिला भेला गर्न लागेको हो । विशेष महाधिवेशन पक्षधरले सामाजिक सञ्जाल फेसबुकमा साझा गरेका पोस्टअनुसार युवा भेला शुक्रबार साढे १२ बजेबाट नयाँ बानेश्वरस्थित थापागाउँको एक ब्यांक्वेटमा सुरू हुनेछ । उनीहरूले बिहीबार थापागाउँमै महिला भेला आयोजना गरेका थिए । विशेष महाधिवेशन पक्षधरले २९ असोजमा १४औं महाधिवेशनका झण्डै ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएको थियो ।

ठीक एक महिनाअघि २८ असोजबाट सुरू भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनको तिथिमितिबारे विवाद छ । संस्थापन पक्षले २१ फागुनका लागि तय भएको निर्वाचपछि मात्रै महाधिवशेन गर्नपर्ने बताइरहेको छ । कांग्रेसको संस्थापन इरत समूह भने निर्वाचन अगावै पार्टीको नियमित महाधिवेशन हुनुपर्ने अडानमा छ । आगामी पुसमा नियमित महाधिवेशन नभए विशेष महाधिवेशनमा जानुपर्ने इतर समूहको तर्क छ । केन्द्रीय कार्यसमिति बैठकमा बिहीबारदेखि नेताहरूले धारणा राख्ने क्रम सकिएको छ । अर्को बैठक शनिबार दिउँसो २ बजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवालाई बाहिर राखेर नियमित महाधिवेशन गर्ने गगनको प्रस्ताव
लमजुङमा विद्यालयमा नृत्य गर्ने क्रममा विद्यार्थीको मृत्यु
शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स रामेछापमा दुर्घटना, ३ जना घाइते
सुर्खेतको पञ्चपुरीमा जीप दुर्घटना हुँदा १४ जना घाइते
ईपीएस भाषा परीक्षामा ६ हजार परीक्षार्थी उत्तीर्ण
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्छ : प्रधानमन्त्री ओली
भूकम्प प्रभावितको उद्धार र राहतबारे गृह मन्त्रालयमा बैठक
जनकपुरमा दिउँसै छुरा प्रहार गरी एक युवकको हत्या
राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
धौलागिरि आरोहणमा गएका पाँच रुसी नागरिकको मृत्यु