सेयर बजार २६८५.७३ विन्दुमा, पौने ९ अर्बको कारोबार

nepaltathya_news nepaltathya_news
|
बुधबार, माघ ३०, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   ३० माघ, काठमाडौं ।
  • सेयर बजार परिसूचक आज सामान्य बढेको छ ।
  • साताको चौथो दिन बुधबार बजार परिसूचक नेप्से १.

 


३० माघ, काठमाडौं । सेयर बजार परिसूचक आज सामान्य बढेको छ । साताको चौथो दिन बुधबार बजार परिसूचक नेप्से १.८६ अंकले बढेर २६८५.७३ विन्दुमा पुगेको हो । आज बजारमा करिब ८ अर्ब ७२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो ।

बजारमा आज १२४ कम्पनीको मूल्य बढेको छ । ९९ कम्पनीको मूल्य घट्दा ११ कम्पनीको मूल्यउ स्थिर रहेको छ । समूहगत रुपमा हेर्दा विकास बैंक, फाइनान्स, लगानी र जीवन बीमा समूहको परिसूचक बढ्दा अन्य समूहका परिसूचक घटेका छन् । सबैभन्दा धेरै गिरावट व्यापारमूलक समूहमा भएको छ ।

बजारमा आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमा सकारात्मक सर्किट लाग्दा उपकार लघुवित्त र सुपर मादी हाइड्रोपावरको मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबारका आधारमा आज एनआरएन इन्फास्ट्रक्चर सबैभन्दा अगाडि रह्यो । कारोबार रकममा तेस्रो रहेको रिभर फल हाइड्रोपावर कारोबार संख्याको आधारमा पहिलो स्थानमा रहेको देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा नक्सलवादी विद्रोहीको आक्रमणमा वरिष्ठ प्रहरी अधिकारीको मृत्यु
चन्द्रागिरि केबलकार तथा रिसोर्ट पुनः सञ्चालनमा
मलंगवा नगरपालिकाको १५ औँ नगरसभा सम्पन्न
कैलालीमा चट्याङ लागेर १० जना घाइते
मधेशमा विपदमा काम गर्न ४९ जना सशस्त्र प्रहरीलाई ११ हप्ते तालिम
संसद विघटन गर्न राष्ट्रपतिलाई बालेनकाे आग्रह, अन्तरिम प्रधानमन्त्रीमा सुशीला कार्कीलाई समर्थन
जेनजी पुस्ताहरुको एजेण्डा सरकारको राजनीतिक रोडम्याप हो :गृहमन्त्री अर्याल
भिजिट भिसा प्रकरण : पूर्वगृहमन्त्री रमेश लेखकमाथि भ्रष्टाचार आरोपमा अनुसन्धान
भोलि इदको अवसरमा सार्वजनिक बिदा
तातोपानी र रसुवागढी नाका ठप्प, थप खोल्न माग