देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक जारी

nepaltathya_news nepaltathya_news
|
सोमबार, जेठ १२, २०८२
|
|
८ पटक हेरिएको
Shares

सारांश

  •   १२ जेठ, काठमाडौं ।
  •   पार्टीभित्रै गृहमन्त्री रमेश लेखकको राजीनामा माग भइरहेका बेला सत्तारुढ नेपाली कांग्रेसले आज सोमबार पदाधिकारी बैठक राखेको छ।
  •  बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहान साढे ९ बजे सुरु भएको एक नेताले जानकारी दिए।

 

१२ जेठ, काठमाडौं । 

पार्टीभित्रै गृहमन्त्री रमेश लेखकको राजीनामा माग भइरहेका बेला सत्तारुढ नेपाली कांग्रेसले आज सोमबार पदाधिकारी बैठक राखेको छ। बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहान साढे ९ बजे सुरु भएको एक नेताले जानकारी दिए। बैठकमा कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी सहभागी छन्। आफ्नै पार्टीबाट गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणको आरोपमा मुछिएको र उनको राजीनामा मागिएका बेला बसेको कांग्रेस पदाधिकारी बैठकलाई महत्त्वपूर्ण ठानिएको छ।

बैठकमा गृहमन्त्री लेखकलाई भिजिट भिसा प्रकरणमा संलग्नता आरोपका विषयमा नेताहरूले कुरा उठाउने र सभापति देउवाले जवाफ दिने कार्यक्रम छ। साथै बैठकमा अन्य समसामयिक राजनीतिक विषय, पार्टीको भ्रातृ संस्था, क्रियायाशील सदस्यतालगायत एजेन्डामा छलफल हुने कांग्रेस नेताहरूले बताएका छन्।  खासगरी कांग्रेस अहिले पार्टीका तर्फबाट गृहमन्त्री रहेका लेखकलाई लागेको भिजिट भिसा प्रकरणको आरोपका कारण सकसमा छ।

भिजिट भिसाका नाममा विदेशमा मानव तस्करी गराउने र त्यसबाट ठूलो रकम लाभ लिने गिरोहलाई संरक्षण दिएको आरोप गृहमन्त्री लेखकलाई लागेको हो। उनले राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नुपर्ने दबाब कांग्रेसकै नेताहरूले दिइरहेका छन्।  यो विषय आइतबार बसेको सरकार नेतृत्वकर्ता दल नेकपा एमालेको सचिवालय बैठकमा समेत उठेको छ।  तर प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले यस विषयमा गृहमन्त्रीकै दल कांग्रेसले निर्णय गर्नुपर्ने धारणा राखेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगञ्ज कारागारमा क्षमताभन्दा बढी कैदी–थुनुवा, व्यवस्थापनमा चुनौती
नेपालको विजयी सुरुवात, कुवेत ५८ रनले पराजित
अन्तरराष्ट्रिय यातायात सम्मेलन चैत २९ देखि
मुद्दती निक्षेपमा ४ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्दै राष्ट्र बैंक
भारत आईसीसी क्रिकेट वरीयताको तीनवटै फर्म्याटको शीर्ष स्थानमा।
बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको श*व फेला
स्कटल्याण्डसँग नेपाल पराजित, सुपर सिक्समा पुग्न कठिन
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो
कैलालीमा प्रहरी कार्यालयअगाडि पुरुष मृत फेला