ऊर्जामन्त्री घिसिङ र युरोपेली संघका राजदूतबीच भेट, के भयो कुराकानी ?
सारांश
- १० असोज, काठमाडौं ।
- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र नेपालका लागि युरोपेली संघका राजदूत भेरोनिक लोरेन्जोबीच शिष्टाचार भेटवार्ता भएको छ ।
- सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङलाई राजदूत भेरोनिक लोरेन्जाले युरोपेली संघकातर्फबाट बधाई दिनुकासाथै सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छिन् ।
१० असोज, काठमाडौं ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र नेपालका लागि युरोपेली संघका राजदूत भेरोनिक लोरेन्जोबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङलाई राजदूत भेरोनिक लोरेन्जाले युरोपेली संघकातर्फबाट बधाई दिनुकासाथै सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छिन् । नेपालको ऊर्जा क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको युरोपेली संघका राजदूतसँगको भेटमा रणनीतिक महत्त्व तथा रूपान्तरणकारी जलाशययुक्त जलविद्युत् आयोजना, हरित ऊर्जा, ऊर्जा सुरक्षा एवम् दक्षता, ऊर्जा क्षेत्रमा थप सहायता लगायतका विषयमा छलफल भएको थियो ।


प्रतिक्रिया