संसदमा ६ अध्यादेश पेश हुँदै, दलका शीर्षनेताले बोल्ने

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, माघ १८, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   १८ माघ,काठमाडौं– एमाले कांग्रेस संयुक्त सरकारले ल्याएका ६ वटा अध्यादेशहरु शुक्रबार संसदको पाँचौं अधिवेशन सुरु भएकै दिन प्रतिनिधिसभामा प्रस्तुत गरिने भएको छ ।
  • प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले शुक्रबार अध्यादेशहरु पेश गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयले जनाएका छन् ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेश गर्ने कार्यसूची छ ।

 

१८ माघ,काठमाडौं एमाले कांग्रेस संयुक्त सरकारले ल्याएका ६ वटा अध्यादेशहरु शुक्रबार संसदको पाँचौं अधिवेशन सुरु भएकै दिन प्रतिनिधिसभामा प्रस्तुत गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले शुक्रबार अध्यादेशहरु पेश गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयले जनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेश गर्ने कार्यसूची छ । त्यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१ पेश गर्ने छन् । निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ पनि अर्थमन्त्री पौडेलले नै संसदमा पेश गर्नेछन् । अर्थमन्त्रीका तर्फबाट आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पनि संसदमा पेश हुनेछ । त्यसैगरी भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सहकारीसम्बन्धी

केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ संसदमा पेश गर्नेछन् । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पनि मन्त्री अधिकारीले संसदमा पेश गर्ने कार्यसूची छ । संसदको हिउँदे अधिवेशनका रुपमा लिइने पाँचौं अधिवेशन अर्थात् दुबै संसदको संयुक्त बैठक शुक्रबार दिउँसो १ बजेदेखि बस्दैछ ।शुक्रबारको बैठकमा संसदमा सहभागी दलका शीर्ष नेताहरुले बोल्ने कार्यसूचीसमेत समेटिएको छ । नियुमित कार्यसूचीसँगै अध्यादेश पारित गरिसकेर दुईजना पूर्वसांसद (दमननाथ ढुंगाना र रामजीप्रसाद शर्मा) को शोक प्रस्ताव पारित गरेर आजको बैठक सकिने महासचिव पाण्डेयले बताएका छन् । सत्तापक्षले अध्यादेश पेश गर्ने कार्यसूची बनाइरहँदा विपक्षी दलहरुले भने अध्यादेशविरुद्ध सशक्तरुपमा संसदमा प्रस्तुत हुने तयारी गरेका छन् ।

हेर्नुहोस् बैठकको कार्यसूची

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लेबनानमा पेजर र वाकीटकी विस्फोट, २० जनाको मृत्यु
पर्सामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृ*त्यु
भदौ १५ गते देशभर श्रद्धाञ्जली कार्यक्रम गर्दै जनमत पार्टी
मधेशमा मिडियाको समस्या पहिचान गर्न अध्ययन समिति गठन
आजदेखि संसद् अधिवेशन : शीर्ष नेताले सम्बोधन गर्ने, ३ अध्यादेश पेस हुने
जातको आधारमा नभइ समावेशी सोच आवश्यक छ : देउवा
अर्बपति एलन मस्कले खोले नयाँ राजनीतिक पार्टी
१ लाख १० हजारका कारण सर्लाहीका एक युवकको हत्या , शव वर्कसपमै खाल्डो खनेर गाडियो , यी हुन पक्राउ परेका अभियुक्तहरु
विराटनगरविरुद्ध चलेन जनकपुरका आशिफको ब्याटिङ
मन्त्री बन्न डा. रुइत अनिच्छुक, प्रधानमन्त्री कार्कीले गरेकी थिइन् स्वाथ्यमन्त्रीमा प्रस्ताव