१० लाख रूपैयाँभन्दा बढीको अवैध कपडासहित गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

nepaltathya_news nepaltathya_news
|
सोमबार, चैत्र २५, २०८१
|
|
८ पटक हेरिएको
Shares

सारांश

  •   २४ चैत, काठमाडौं ।
  •   सशस्त्र प्रहरी बल नेपालले १० लाख रूपैयाँभन्दा बढीको अवैध कपडासहित एउटा गाडी नियन्त्रणमा लिएको छ ।
  •   बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ स्थित भलुवाही गाउँबाट आइतबार सशस्त्र प्रहरीले करिब १० लाख ८ हजार रूपैयाँ बराबरको लत्ताकपडासहित उक्त गाडी नियन्त्रणमा लिएको हो ।

 

२४ चैत, काठमाडौं । 

सशस्त्र प्रहरी बल नेपालले १० लाख रूपैयाँभन्दा बढीको अवैध कपडासहित एउटा गाडी नियन्त्रणमा लिएको छ ।  बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ स्थित भलुवाही गाउँबाट आइतबार सशस्त्र प्रहरीले करिब १० लाख ८ हजार रूपैयाँ

बराबरको लत्ताकपडासहित उक्त गाडी नियन्त्रणमा लिएको हो ।बा प्र ०१–०२७ च ८५०३ नम्बरको टाटा  पिकअप गाडीमा वीरगञ्ज महानगरपालिका–१६ भुटनदेवी मन्दिर नजिकबाट लोड गरी जीतपुरसिमरातर्फ २० बोरा लत्ताकपडा लैजान लागेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको टोलीले भन्सार छलीको कपडा र गाडी  नियन्त्रणमा लिएको हो ।

गाडीलाई पिछा गर्दै आएपछि भलुवाहीमा गाडी छाडेर चालक फरार भएका थिए । बरामद गरिएको सर्टिङ सुटिङको कपडा तथा साडी  र पिकअप गाडी आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । बरामद गाडीको भन्सार दाखिला मूल्य २५ लाख र लत्ताकपडाको मूल्य १० लाख ८ हजारसहित जम्मा भन्सार दाखिला मूल्य ३५ लाख ८ हजार कायम गरी भन्सार कार्यालयमा बुझाइएको सशस्त्रले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्य नेताहरुलाई जतिसक्दो चाँडो विदा गर्न र सम्पत्ति छानबिन गर्न माग
दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतको आदेश, तर नछुट्ने
पीएल सिंहको निधनमा कांग्रेसले सबै कार्यालयमा तीन दिन झण्डा आधा झुकाउने
आचारसंहिताबारे ‘ब्रिफिङ’ गर्न प्रधानमन्त्रीलाई भेट्दै निर्वाचन आयोगको टोली
विराटनगरबाट ब्राउन सुगरसहित एक जना पक्राउ
ब्राउन सुगरसहित एक जना पक्राउ
‘आर्थिक सामाजिक गतिविधि बढाउने गरी नीति तथा कार्यक्रम आएको छ :मन्त्री प्रकाशमान सिंह
ट्रम्पले बोलाए मस्कसहितको पहिलो मन्त्रिपरिषद बैठक
एमाले सचिवालय बैठक बस्दै
जेनजी आन्दोलनकारीबाट प्रहरीले जोगाएको करिब १८ लाख रुपैयाँ माछापुच्छ्रे बैंकका प्रतिनिधिलाई बुझायो