स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेका २ जना धरौटीमा रिहा

nepaltathya_news nepaltathya_news
|
बुधबार, पौष २४, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २४ पुस, काठमाडौं ।
  • कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेका दुई जना धरौटीमा रिहा भएका छन् ।
  • काठमाडौं जिल्ला अदालतको आदेश अनुसार दुई जना मंगलबार रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

 

२४ पुस, काठमाडौं । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेका दुई जना धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतको आदेश अनुसार दुई जना मंगलबार रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

उनका अनुसार सहकारीको लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामा तीन लाख धरौटी बुझाएर रिहा भएका हुन । मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डयेको इजलासले उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । आइतबार ३९ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको थियो । यो सहकारीले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद पुनर्स्थापना रोजेर महाधिवेशन ढिलो गरे कांग्रेसलाई प्रत्युत्पादक हुन्छ : प्रदीप पौडेल
आजदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय सांस्कृतिक सेमिनार, प्रधानमन्त्रीले उद्घाटन गर्ने
विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक
रास्वपाले बोलायो संसदीय दलको बैठक
म संघीयताको विरोधी होइन तर संघीयता नेपालमा सम्भव छैन : केसी
गण्डकी प्रदेशमा सार्वजनिक यातायात सञ्चालन ठप्प
ग्यासको अभाव झेल्दै सहर, मधेशका गाउँमा गोइँठाकै भर
लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा आचार्य नियुक्त
कांग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ
केराउ, सुपारी र मरिच आयात गर्न अनुमति