बुद्ध एयरको जहाजमा प्राविधिक समस्या, भद्रपुर उडेको जहाज काठमाडौँतर्फ डाइभर्ट

nepaltathya_news nepaltathya_news
|
सोमबार, पौष २२, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २२ पुस,  काठमाडौँ।
  •  त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानको दायाँ इन्जिनमा समस्या देखिएपछि काठमाडौं नै डाइभर्ट गरिएको छ।
  • सोमबार बिहान १०ः३८ बजे उडेको बुद्ध एयरको उडान नं ९५३ को कलसाइन नाइनएन–एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएपछि पाइलटले विमानलाई काठमाडौं डाइभर्ट गरेर त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराएका छन् ।

 

२२ पुस,  काठमाडौँ।  त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानको दायाँ इन्जिनमा समस्या देखिएपछि काठमाडौं नै डाइभर्ट गरिएको छ।

सोमबार बिहान १०ः३८ बजे उडेको बुद्ध एयरको उडान नं ९५३ को कलसाइन नाइनएन–एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएपछि पाइलटले विमानलाई काठमाडौं डाइभर्ट गरेर त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराएका छन् । विमानलाई उडेको ३७ मिनेटमै ११ः१५ बजे सुरक्षित अवतरण गरिएको थियोे । अहिले प्राविधिक टोलीले विमानको जाँच गरिरहेको कम्पनीले जनाएको छ । यात्रुलाई अर्को विमानबाट भद्रपुर पठाउने तयारी गरिएको बताइएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?