मोरङको जंगलमा वृद्धाको शव फेला

nepaltathya_news nepaltathya_news
|
मंगलबार, पौष १६, २०८१
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   १६ पुस, विराटनगर ।
  • मोरङको सुन्दरहरैंचा वडा नम्बर–५ की एक वृद्धाको शव जंगलमा फेला परेको छ ।
  • मृत फेला पर्नेमा सुन्दरहरैंचा ५ डिपुकी ६० वर्षीया चन्द्रकला लिम्बु छिन् ।

 

१६ पुस, विराटनगर । मोरङको सुन्दरहरैंचा वडा नम्बर–५ की एक वृद्धाको शव जंगलमा फेला परेको छ । मृत फेला पर्नेमा सुन्दरहरैंचा ५ डिपुकी ६० वर्षीया चन्द्रकला लिम्बु छिन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार चन्द्रकला सोमबार साँझ घाँसदाउरा लिन जंगल गएकी थिइन् । बेलुकासम्म पनि घर नफर्किएपछि खोज्न गएका स्थानीयले मंगलबार बिहान ६ बजेतिर चन्द्रकलालाई मृत फेला पारेका थिए । स्थानीयले उनलाई जंगली हात्तीले आक्रमण गरेर मारेको हुनसक्ने अनुमान गरेका छन् । यद्यपि प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । यसअघि पुस ५ गते सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ की ४० वर्षीया गंगामाया मगर (श्रेष्ठ)को जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीमानको किरिया बसेकी श्रीमतीको निधन
संसद्को कार्यसूचीबाट हट्यो भ्रष्टाचार विधेयक
लमही–कोहलपुर खण्डमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु
प्रतिनिधिसभा विघटन स्वेच्छारी र असंवैधानिक भयो: नेपाल बार एसोसिएसन
निःशुल्क शिक्षा माग्दै विद्यालय बन्द, ७० लाख विद्यार्थीको पढाइ प्रभावित
राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठ मनोनीत
बिहारका मुख्यमन्त्री नितिशकुमारले लिए शपथ
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
मिटरब्याज पीडित र दुध किसानको समस्या समाधान नभए संसदको अर्को बैठक अवरुद्ध पार्छौंः अध्यक्ष लिङ्देन
मधेशका मुख्यमन्त्री सोनलले छठ पछि विश्वासको मत लिने