बैतडीमा केन्द्रबिन्दु भएर भूकम्प

nepaltathya_news nepaltathya_news
|
मंगलबार, पौष १६, २०८१
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  •   १६ पुस, काठमाण्डु – बैतडीमा भूकम्प गएको छ ।
  • मंगलबार बिहान ७ बजेर ५४ मिनेट जाँदा ४.
  • ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

 

१६ पुस, काठमाण्डु – बैतडीमा भूकम्प गएको छ । मंगलबार बिहान ७ बजेर ५४ मिनेट जाँदा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसको केन्द्रबिन्दु बैतडीको सिगास गाउँपालिकाको न्वाघर क्षेत्र थियो। यसअघि आइतबार बिहान कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसअघि शुक्रबार पनि राति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर ३.७ म्याग्निच्यूडको भूकम्प गएको थियो। भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा नौ वटा भूकम्प गएका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?