दक्षिण कोरियामा १८१ यात्रु सवार विमान दुर्घटना : २८ जनाको मृत्यु
सारांश
- १४ पुस, काठमाडौं ।
- दक्षिण कोरियाको एक विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ ।
- जसमा कम्तीमा २८ जनाको मृत्यु भएको योनहाप समाचार एजेन्सीले उल्लेख गरेको छ।
१४ पुस, काठमाडौं ।
दक्षिण कोरियाको एक विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ । जसमा कम्तीमा २८ जनाको मृत्यु भएको योनहाप समाचार एजेन्सीले उल्लेख गरेको छ। देशको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएको जनाइएको छ । १७५ यात्रु र छ जना चालक दलका सदस्य रहेको जेजु एयरको विमान थाइल्याण्डको बैंककबाट फर्किरहेको र अवतरण गर्ने क्रममा दुर्घटना भएको बताइएको छ।
अन्यको उद्धार कार्य जारी रहेको समाचारमा उल्लेख छ । आइतबार बिहान दुर्घटना भएको विमानमा रहेका यात्रुहरूमा १७३ जना दक्षिण कोरियाली र दुई जना थाई नागरिक थिए। दुर्घटनाको कारण स्पष्ट नभएपनि चरा ठोक्किएर वा अवतरण गियर बिग्रिएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।




प्रतिक्रिया