जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्यारालाई आजीवन कारावासको सजाय

nepaltathya_news nepaltathya_news
|
बुधबार, माघ ७, २०८२
|
|
२० पटक हेरिएको
Shares

सारांश

  •   काठमाडौं ।
  • जापानको एक अदालतले पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्या अभियोगमा दोषी ठहर गर्दै तेत्सुया यामागामीलाई आजीवन कारावासको सजाय सुनाएको छ ।
  • सन् २०२२ मा भएको उक्त घटनाले जापानसहित विश्व समुदायलाई स्तब्ध बनाएको थियो ।

 

काठमाडौं ।

जापानको एक अदालतले पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्या अभियोगमा दोषी ठहर गर्दै तेत्सुया यामागामीलाई आजीवन कारावासको सजाय सुनाएको छ । सन् २०२२ मा भएको उक्त घटनाले जापानसहित विश्व समुदायलाई स्तब्ध बनाएको थियो । ४५ वर्षीय यामागामीले चुनावी अभियानका क्रममा आबेमाथि गोली प्रहार गरेको स्वीकार गरेका थिए । सरकारी वकिलहरूले यो हत्या “जापानको युद्धपछिको इतिहासमै अभूतपूर्व” भएको उल्लेख गर्दै समाजमा गम्भीर असर परेको तर्कसहित आजीवन कारावासको माग गरेका थिए ।

यामागामीका कानुन व्यवसायीहरूले भने अधिकतम २० वर्ष कैद सजाय माग गरेका थिए । घटनापछि सुरक्षा व्यवस्थामाथि समेत गम्भीर प्रश्न उठेको थियो । नारा प्रान्तका प्रहरी प्रमुख तोमोआकी ओनिजुकाले पूर्व प्रधानमन्त्री आबेको सुरक्षामा “नकार्न नसकिने कमजोरी” रहेको स्वीकार गर्दै घटनाको विस्तृत छानबिन गर्ने प्रतिबद्धता जनाएका थिए । जापान विश्वकै सुरक्षित मुलुकमध्ये एक मानिन्छ र यहाँ बन्दुकसम्बन्धी कानुन अत्यन्त कडा छन् । तर सन् २०२२ मा नारा शहरमा आयोजित चुनावी सभामा भाषण सुरु गरेको केही मिनेटमै आबेलाई पछाडिबाट नजिकैबाट गोली हानिएको थियो ।

६७ वर्षीय आबेलाई गम्भीर अवस्थामा अस्पताल लगिए पनि उनको श्वासप्रश्वास र मुटुको धड्कन बन्द भइसकेको थियो । चिकित्सकको प्रयासका बाबजुद उनलाई मृत घोषणा गरिएको थियो । प्रहरीका अनुसार यामागामीले अनुसन्धानका क्रममा शान्त रूपमा बयान दिँदै आबेमाथि आक्रमण गरेको स्वीकार गरेका थिए । उनले पूर्व प्रधानमन्त्री आबेको कुनै एक संस्थासँग सम्बन्ध रहेको भन्ने अफवाहका कारण हत्या योजना बनाएको बताएका थिए, यद्यपि उक्त संस्थाको नाम सार्वजनिक गरिएको छैन् । अदालतको यो फैसलासँगै जापानमा राजनीतिक नेताहरूको सुरक्षा र सार्वजनिक सभाको व्यवस्थापनबारे पुनः बहस सुरु भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रकको ठक्करबाट २ बालकको मृत्युपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग खुल्यो
महानगरका सबै वडालाई ढल र मंगल सफा गर्न निर्देशन
साउदी अरेबियालाई नेपालले दियो ३४८ रनको लक्ष्य
अध्यक्षको मनपरी शैलीविरुद्ध राष्ट्रिय अपाङ्ग महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी
बागमती सरकारबाट बाहिरियाे एमाले, मन्त्रीहरुले बुझाए राजीनामा
हेटौंडामा सडक विस्तार विवाद : सटर नखोली आन्दोलनमा सहभागी हुन आग्रह
नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक
देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल
८ महिनामा आए ७ लाख २० हजार पर्यटक
नेपाल प्रिमियर लिग एनपीएलमा आज दुई खेल, चितवन र कर्णाली तथा विराटनगर र पोखरा खेल्दै