यु १९ महिला एसिया कप – बंगलादेशलाई हराएर फाइनल पुग्ने सोचमा नेपाल

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, पौष ५, २०८१
|
|
९ पटक हेरिएको
Shares

सारांश

  •   ५ पुस,  काठमाडौं  – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाली युवा टोली बंगलादेशलाई हराउँदै सेमिफाइनल पुग्ने प्रयासमा रहेको छ ।
  • मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपालले बंगलादेशको सामना गर्दैछ ।
  • खेल नेपाली समय अनुसार बिहान ११ः४५ बजे सुरु हुनेछ ।

 

५ पुस,  काठमाडौं  – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाली युवा टोली बंगलादेशलाई हराउँदै सेमिफाइनल पुग्ने प्रयासमा रहेको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपालले बंगलादेशको सामना गर्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ः४५ बजे सुरु हुनेछ । दुवै टोली आ आफ्नो समूहको शीर्ष २ मा रहँदै सुपर ४ मा स्थान बनाएका हुन् ।

सुपर फोरको पहिलो खेलमा नेपालले श्रीलंकासँग नतिजा विहीन खेल खेलेको थियो । वर्षाका कारण खेल प्रभावित हुँदा नेपालले श्रीलंकासँग अंक बाडेको थियो । सुपर फोरको पहिलो खेलमा भने बंगलादेश भारत यु १९ सँग ८ विकेटले पराजित भएको थियो । भारत र पाकिस्तानसँग एकै समूहमा रहेको नेपालले पाकिस्तानलाई पराजित गर्दा भारतसँगको खेल वर्षाका कारण नतिजाविहीन भएको थियो । श्रीलंका भने बंगलादेशसँग पराजित हुँदा मलेसियालाई हराएको थियो ।

पहिलो संस्करणको एसिया कपमा नै नेपालले सुपर ४ मा स्थान बनाएको हो । सुपर ४ मा भारत, नेपाल, श्रीलंका र बंगलादेशले स्थान बनाएका छन् । सुपर ४ मा अर्को समूहबाट आएका २ टोलीसँग खेल हुनेछ । सुपर ४ को शीर्ष २ मा रहने टोलीले उपाधिका लागि खेल्नेछन् । फाइनल आइतवार हुनेछ । एसियाबाट यु १९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कपमा मौका पाएको हो । यु १९ महिला विश्व कप आगामी बर्षको जनवरीमा मलेसियामा नै आयोजना हुँदैछ । विश्व कपमा नेपाल अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग समूह ‘डी’ मा रहेको छ ।

नेपाली टोली ,सोनी पाख्रिन, किरन कुमारी कुवँर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक
भ्रष्टाचार अब क्षम्य हुँदैन : ऊर्जामन्त्री घिसिङ
राष्ट्रिय सभा निर्वाचनमा मतदानका लागि ६ प्रकारका परिचयपत्र मान्य
मधेशमा ढल्यो जसपा नेपालको सरकार, मुख्यमन्त्री यादव पदमुक्त
दसौँपटक बिहारको मुख्यमन्त्री पदमा आज शपथ खाँदै नितिश कुमार
पोखरामा पनि पत्रकार हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोध
सरकारलाई सांसद सिंहको प्रश्न : दलित यो देशको नागरिक होइन र न्याय नपाउने ?
दुर्गा प्रसाईंको हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
सवारी जामले बीपी राजमार्ग अस्तव्यस्त, घर हिँडेका यात्रु तनावमा
एमाले मधेश सरकारबाट समर्थन फिर्ता लिँदै