सामूहिक करणी आरोपमा गाउँपालिकाका दुई कर्मचारीसहित तीनजना पक्राउ

nepaltathya_news nepaltathya_news
|
आइतबार, भाद्र १६, २०८१
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • १६ भदौ ,बुटवल।
  • रुपन्देहीमा जबरजस्ती करणीको आरोपमा कोटहीमाई गाउँपालिकाका दुई कर्मचारीसहित ३ जनालाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भट्टले जबरजस्ती करणी आरोपमा ३ जनालाई हिरासतमा लिएको पुष्टि गरे  ।

१६ भदौ ,बुटवल। रुपन्देहीमा जबरजस्ती करणीको आरोपमा कोटहीमाई गाउँपालिकाका दुई कर्मचारीसहित ३ जनालाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भट्टले जबरजस्ती करणी आरोपमा ३ जनालाई हिरासतमा लिएको पुष्टि गरे  । यद्यपि  यो विषय अनुसन्धानमै रहेको कारण उहाँले आरोपितको नाम भने सार्वजनिक गरेनन् । पीडित नाबालिक रहेको र उनलाई रोजगारीको प्रलोभन दिएर ३ जनाले जबरजस्ती करणी गरेको पीडित पक्षको आरोप छ ।श्रोतका अनुसार पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिकामा कार्यरत कर्मचारी ३२ वर्षीय मनोहर चौधरी, उद्यम विकास सहजकर्ता मुकेश चौधरी र वडा नम्बर ३ का वडा अध्यक्ष विष्णु नारायण पाण्डेका छोरा ३५ वर्षीय छोरा बंटी भन्ने शैलेश पाण्डे रहेका छन् ।यस विषयमा अनुसन्धान भइरहेको र थप कुरा पछि सार्वजनिक गर्ने डिएसपी भट्टले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशको मुख्यमन्त्रीमा दावी पेश गर्न ५ दलका नेता प्रदेश प्रमुख कार्यालयमा
बाल सुधार गृह भक्तपुरमा झडप र आगजानी, १७० बालबालिका सुरक्षित
मुस्ताङमा हिउँ चितुवाको आक्रमणले १९ वटा भेडा–च्याङ्ग्रा मारिए
प्रधानमन्त्री ओली र लाओका राष्ट्रपति सिसौलिथबीच भेटवार्ता
इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ४२ हजार पाँचसय पुग्यो
गभर्नर मेरिटोक्रेसीका आधारमा नियुक्त हुने प्रधानमन्त्रीको दाबी
वर्षासँगै बाढीपहिरो: यी ७ सडक पूर्णरूपमा अवरुद्ध, ७ वटा एकतर्फी
त्रिविमा एकैपटक ८ डिन नियुक्त
प्रधानमन्त्री ओली र देउवाबीच एक घण्टा छलफल : के भयो कुराकानी ?
आज विश्व टेलिभिजन दिवस: विभिन्न कार्यक्रम गरि मनाइदैँ