घट्यो सेयर बजार, २७ सयबाट ओर्लियो नेप्से

nepaltathya_news nepaltathya_news
|
बिहिबार, मंसिर २७, २०८१
|
|
६ पटक हेरिएको
Shares

सारांश

  •   २७ मंसिर, साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक घटेको छ ।
  • अघिल्लो दिन २७१५ मा रहेको बजार आज ३३.
  • ४२ अंक घटेर २६८२.

 

२७ मंसिर, साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक घटेको छ । अघिल्लो दिन २७१५ मा रहेको बजार आज ३३.४२ अंक घटेर २६८२.२९ विन्दुमा ओर्लिएको हो ।

आज सेन्सेटिभ इण्डेक्स पनि ६.४४ अंक घटेको छ । त्यस्तै फ्लोट इण्डेक्स २.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२३ अंक घटेको हो ।  नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ५ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०४ स्टकको ६७ हजार १२८ पटकको कारोबारमा ६ अर्ब १४ करोड ४० लाख ६५ हजार रुपैयाँ बराबरको १ करोड २३ लाख ७१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?