मैत्रीपूर्ण फुटबलमा नेपालले आज अफगानिस्तानसँग खेल्दै
सारांश
- १ मंसिर, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ ।
- त्रिदेशीय खेलअन्र्तगत आफ्नो दोस्रो खेलमा नेपालले अफगानिस्तानसँग ताजकिस्तानको सेन्टर स्टेडियम डुसान्बेमा बेलुका पौने ७ बजे खेल्दैछ ।
- अफगानिस्तानसँग नेपालले ११ वर्षपछि फुटबल खेल्दैछ ।
१ मंसिर, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ । त्रिदेशीय खेलअन्र्तगत आफ्नो दोस्रो खेलमा नेपालले अफगानिस्तानसँग ताजकिस्तानको सेन्टर स्टेडियम डुसान्बेमा बेलुका पौने ७ बजे खेल्दैछ ।

अफगानिस्तानसँग नेपालले ११ वर्षपछि फुटबल खेल्दैछ । यसअघि सन् २०१३ मा काठमाण्डौमा भएको साफ च्याम्पियनशिपमा नेपाल र अफगानिस्तानबीच खेल भएको थियो । यो खेलमा अफगानिस्तान १–० ले विजयी भएको थियो ।

नेपालका मुख्य प्रशिक्षक नवीन न्यौपानेले आज अफगानिस्तानसँग टोली संयमित भएर खेल्ने बताएका छन् । नेपाल बुधवार भएको पहिलो खेलमा घरेलु टोली ताजकिस्तानसँग ४ गोलले पराजित भएको थियो । मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली टिम ,गोलकिपर: किरण कुमार लिम्बु (सी), दीप कार्की, विशाल सुनार ।

डिफेन्डरः अभिषेक लिम्बु, रोहित चन्द, चिरिङ लामा, विमल पाण्डे, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रणदिप पौड्याल, अन्जल महर्जन ।मिडफिल्डरः रोहन कार्की, मणि लामा, अरिक विष्ट, अरविन्द राई, भरत खवास, उत्सव राई, मनिष डाँगी, आयुष घलान, सुमित श्रेष्ठ । फरवार्ड: जिलेस्पे जंग कार्की, अन्जन विष्ट, निरजन धामी ।

प्रतिक्रिया